चैत मसान्तसम्म सावाँ र व्याज तिर्नु नपर्ने, खराब कर्जामा प्राेभिजन हाललाई स्थगित

  २०७६ चैत १२ गते २२:०२     विकासन्युज

काठमाडौं । कोरोनाको भाइरसको त्रासले लक डाउन भएपछि सरकारले उद्योगी र व्यवसायीहरूलाई राहत दिने भएको छ । उद्योगी र व्यावसायीलाई चैत मसान्तसम्म कर्जाको सावाँ तथा ब्याज भुक्तानी गर्नु नपर्ने गरी सरकारले राहत घोषणा गरेको हो ।

अर्थ मन्त्रालयले बुधबार बैंक तथा वित्तीय संस्था र गैरबैंकिङ वित्तीय संस्थालाई चैत मसान्तसम्म कर्जा असुली स्थगन गर्न निर्देशन दिएको छ । त्यस्तै खराव कर्जा हुँदा बैंक तथा वित्तीय संस्थाले गर्नुपर्ने प्राेभिजनकाे व्यवस्था हाललाई स्थगित गरिएकाे छ ।

नेपाल चेम्बर अफ कर्मशको वरिष्ट उपाध्यक्ष राजेन्द्र मल्लले सरकारले चैत मसान्तसम्म कर्जाको सावाँ तथा ब्याज भुक्तानी गर्नु नपर्ने निर्णय गरेको बताए ।
‘देशमा लकडाउन भइरहेको छ, यो संकटलाई उद्योगी, व्यापारी र सरकार भएरे साम्य पर्ने काम गर्नु पर्छ,’ मल्लले भने ।

सो अवधिमा प्रवाह भएको कर्जाको बर्गीकरण तथा नउठेको खराब कर्जा बापत गर्नुपर्ने व्यवस्था पनि स्थगनको व्यवस्था मिलाउन अर्थमन्त्रालयले राष्ट्र बैंकलाई निर्देशन दिएको छ ।संक्रमणको अवधि निश्चिन नभएकाले कोरोना प्रभावित उद्योगी र व्यवसायहरुको सावा ब्याज असुली सम्बन्धी कार्य चैत्र मसान्तसम्मका लागि स्थगन गर्न निर्देश दिएको हो । सरकारले कुन कुन उद्योग तथा व्यावसय कोरोना प्रभावित भन्ने खुलाइएको छैन ।

वित्तीय प्रणालीमा तरलता अभाव हुन नदिन अर्थमन्त्रालयले भुक्तानी गर्न बाँकी रहेको रकम भुक्तानी गर्न, बैंक तथा वित्तीय संस्थाले ऋण प्रवाह कार्यलाई सहज बनाउन, पुनर्कर्जा कोषको उपयोग गर्न पनि अर्थमन्त्रालयले आग्रह गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.