विकासन्युज डटकमका पत्रकारमाथि प्रहरीको दुव्र्यवहार, खिचिएको तस्वीर गरियो डिलेट

  २०७६ चैत १२ गते १८:३७     विकासन्युज

काठमाडौं । विकासन्युज डटकमका पत्रकार राजाराम न्यौपाने माथि प्रहरीले दुव्र्यवहार गरेको छ । नेपाल सरकारले देशलाई लकडाउन गरेको अवस्थामा समाचार संकलनमा गएका पत्रकारमाथि प्रहरीको दुव्र्यवहार भएको हो ।

बाबा पेट्रोल पम्प नजिकै ‘लक डाउन’ का विषयमा सम्झाईरहेको खिचेको तस्वीर प्रहरीको दादागिरी देखाउन खिचेको हो भन्दै डिलेट गरेका थिए । बुधबार कलंकीको बाबा पेट्रोल पम्प नजिकै बा १ झ ७४२३ नम्बरको गाडीमा हिँडेका प्रहरी हवल्दारले यस्तो व्यवहार गरेको हो ।

विश्वभरि फैलिरहेको कोरोना भाइरस (कोभिड १९) को संक्रमण रोक्नलाई सरकारले मंगलबार बिहान ६ बजेदेखि देशलाई लकडाउन गरेको छ । सोही क्रममा समाचार संकलन गर्न गएका विकासन्यूज डट कमका राजाराम न्यौपाने दुव्र्यवहारमा परेका हुन् ।

गृह सचिब महेश्वर न्यौपानेले सूचना विभागको कार्डको प्रयोग गरेर फोटो खिच्दा प्रहरीले फोटो डिलिट गर्न नपाउने बताए । उनले भने फोटो डिलिट गर्ने हवाल्दालाई कार्वाही गरिने हुन्छ ।

नेपाल प्रहरीका सुचना अधिकारी (डि.आइ.जी.पी.) शैलेश थापा क्षेत्रीले घटनाको अनुसन्धान गरि गलत गर्ने प्रहरीलाई कारबाही गर्ने प्रतिबद्धता जनाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.