काेराेना परीक्षणमा अभाव देखिएका सामानकाे पूर्ति ३ दिनभित्र हुन्छः स्वास्थ्यमन्त्री ढकाल

  २०७६ चैत १२ गते १७:४४     विकासन्युज

काठमाडाैं । स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाले काेराेना परीक्षणमा अभाव देखिएका सामानकाे पूर्ति ३ दिनभित्र गर्ने बताएका छन् । बुधबारकाे पत्रकार सम्मेलनमा उनले सबै सामानकाे पूर्ति गर्ने हिसावले काम भइरहेकाे बताएका हुन् ।

उनले चीनबाट तीन दिनभित्र स्वास्थ्य सामग्री आउने बताउँदै नेपालमा काेराेना परीक्षणमा अभाव देखिएका सामानकाे सहज पुर्ति हुने बताएका हुन् । सरकारले यसअघि नै चीनसँग कोरोनाविरुद्ध आवश्यक पर्ने स्वास्थ्य सामाग्री माग गरिसकेको छ।

‘तत्कालै चीनमार्फत हामीलाई चाहिने सामाग्री उपलब्ध गराउने सम्बन्धमा सरकारको तर्फबाट ठोस पहल भइरहेको छ,’ तीन दिनभित्र माग भएका सामाग्रीहरु ल्याउन सफल हुने विश्वास लिएका छौं, हामी आज बेलुकासम्म ल्याउने सम्पर्क व्यक्तिहरु टुंगो लगाएर त्यसको व्यवस्थापन गर्ने काममा लाग्नेछौं,’ उनले भने ।

काठमाडौंमा आएका ती सामानहरु जिल्ला तथा प्रभावित ठाउँमा पु¥षउन समिति गठन भइसकेको उनले बताए। ‘प्रदेश, जिल्लामा प्रभावित ठाउँमा पु¥याउन स्वास्थ्य मन्त्रालयको नेतृत्वमा सेना, प्रहरी, सशस्त्र प्रहरी, भौतिक मन्त्रालयको टोली निर्माण गरेका छौं,’ उनले भने।

‘पाटन अस्पतालमा चार जना र धुम्बाराहीमा अहोरात्र पीपीई निर्माणमा खटिरहका उनकाे भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.