राजकुमार चार्ल्सलाई कोरोना संक्रमण

  २०७६ चैत १२ गते १७:०७     विकासन्युज

लन्डन । वेल्सका राजकुमार चार्ल्स फिलिप आर्थर जर्जलाई कोरोना संक्रमण भएको छ । क्लेरेन्स हाउसले राजकुमार चार्ल्सलाई कोरोना भाइरसको संक्रमण भएको पुष्टि गरेकाे हाे ।

एलिजावेथ द्वितीयका जेठा छोरा ७१ वर्षीय चार्ल्सलाई सामान्य कोरोनाका लक्षण देखिएको बताइएको छ । तर, उनको अवस्था भने सामान्य रहेको प्रवक्ताले जनाएका छन् ।

त्यसैगरी उनकी पत्‍नी डचेस अफ कोर्नवाल, क्यामिलालाई पनि कोरोना परीक्षण गरिएको थियो । तर, उनलाई भने कोरोना नेगेटिभ देखिएको बीबीसीले जनाएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.