को हुन् कोरोना संक्रमण भएका तेस्रो व्यक्ति ?

  २०७६ चैत १२ गते १६:४७     विकासन्युज

काठमाडौं । बुधबार कोरोना संक्रमण पुष्टि भएका तेस्रो व्यक्ति धादिङको स्थायी बासिन्दा रहेको स्वास्थ्य मन्त्रलायले बताएको छ । मन्त्रलायले बुधबार पत्रकार सम्मेलन गर्दै ती व्यक्ति धादिङका रहेकाे बुझिएकाे हाे ।

उनी हाल ३२ वर्षका भए ।  उनी चैत ६ गते दुबई सारजाहबाट एयर अरेवियाकाे फ्लाईट नम्बर जि ९५३७ मार्फत नेपाल आएका थिए । कोरोना भाइरस संक्रमणको लक्षण देखिएपछि उनी ११ चैतमा परीक्षणका लागि टेकु अस्पताल पुगेको स्जास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले जानकारी दिए ।

हिजो मात्रै उनलाई असहज स्थिती आएपछि टेकु अस्पतालमा भर्ना भई जाँच गर्दा पोजेटिभ देखिएको हाे । उनी अहिले उपचाररत छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.