आपूर्तिमा सहजता ल्याउन चेम्बर अफ कमर्सले गठन गर्यो समन्वय समिति, को को छन् ?

  २०७६ चैत १२ गते १६:४६     विकासन्युज


काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले उपाभोग्य वस्तुको आपूर्तिमा सहजता ल्याउन नयाँ समन्वय समिति गठन गरेको छ । कमर्सले हाल लकडाउन भएको परिस्थितिमा औषधी, मास्क, खाद्यन्नको आपूर्तिमा सहज हुने हेतुले ६ जनाको नयाँ समिति गठन गरिएको चेम्बरका निर्देशक सुस्मिता लालले बताएकी छिन् ।

उक्त समितिमा दीपक मल्होत्रा, देवेन्द्र भक्त श्रेष्ठ, मृगेन्द्र मेहर श्रेष्ठ, कृष्णमान श्रेष्ठ, निरज राई र राजेन्द्र सिम्खडा रहेका छन् ।

कोरोना भाइरसको प्रकोप नियन्त्रण गर्न सरकारले मंगलबारदेखि लकडाउन गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.