बैंकहरुलाई राष्ट्र बैंकले भन्योः डिजिटल कारोबारलाई प्राथमिकता दिनु, एटीएममा प्रयाप्त पैसा राख्नु

  २०७६ चैत १२ गते १६:१९     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकहरुलाई डिजिटल कारोबारलाई बढी प्राथमिकता दिनु पर्ने निर्देशन दिएको छ । बुधबार एक परिपत्र जारी गर्दै बैंकले ग्राहकलाई सेवा प्रदान गर्न बैंक तथा वित्तीय संस्थाहरुलाईडिजिटल कारोबारमा ध्यान दिन निर्देशन दिएको हो ।

सरकारले देशैभर लक डाउनको घोषणा गरिरहेको बेला बैंकले सकेसम्म ग्राहकलाई सेवा दिन निर्देशन दिएको हो । ग्राहकलाई यो अवस्थामा पैसाको आवश्यकता पर्ने भएकोले एटीएम मेसिनहरुमा पर्याप्त नगद राख्न पनि निर्देशन दिएको छ ।

बैंकले सोको निगरानी गर्ने व्यवस्था मिलाउनु पर्ने, सबै प्रदेशका स्थानीय प्रशासनसँग समन्वय गरी सम्भव भएसम्म निश्चित समयका लागि प्रत्येक स्थानीय तहमा न्यूनतमरुपमा शाखा खोली न्यूनतम कर्मचारीबाट पैकिङ्ग कारेबार गर्ने व्यवस्था मिलाउनुपर्ने निर्देशनमा उल्लेख गरिएको छ ।

त्यसैगरी, यसरी खुल्ने शाखाहरुको विवरण तथा सम्पर्क शक्तिको फोन नम्बर आफनो वेवसाइडमा अध्यावधिक गर्नुको अलावा बन्द रहने शाखाको मुल ढोकामा सर्वसाधारणले देख्ने गरी बल्ने शाखाको विवरण टाँस्नुपर्ने जनाएकाे छ ।

त्यस्तै,  अत्यावश्यक वस्तुहरुको आपूर्तिलाई सुनिश्चितता प्रदान गर्न ड्राफ्ट, टिटि, प्रतीतपत्र, ग्यारेन्टी जस्ता कारोबारहरु सञ्चालन हुने व्यवस्था मिलाउनुपर्ने,भन्सारबाट प्राप्त हुने चेक क्लियरिखको उचित व्यवस्था मिलाउने पर्नेछ ।  बैंकले सामान्य अवस्था भएको नेपाल राष्ट्र बैंकका गर्नु पर्ने रिपोर्टिङ सामान्य अवस्था भएको सातदिन भित्र गर्न निर्देशन दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.