सिम रिचार्ज गर्दा शतप्रतिशत बोनस र २ सय रूपैयाँ सापटी दिन सरकारकाे निर्देशन

  २०७६ चैत ११ गते २०:३०     राजाराम न्यौपाने

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले मोबाइल सेवा प्रदायक कम्पनीहरुलाई रिजार्चमा शतप्रतिशत बोनस र सापटी रकम २ सय रूपैयाँ  पुर्याउन निर्देशन दिएको छ ।

लकडाउनको समयलाई मध्येनजर गर्दै नेपाल दूरसञ्चार प्राधिकरणले सेवाग्रहीलाई सहज हुने प्याकेज पनि ल्याउन अग्रह गरेको छ । मंगलबार प्राधिकरण सञ्चालकहरूको आकस्मिक अनलाइनबाट बसेको बैठकले यस्तो निर्णय गरेको हो ।

नेपाल दूरसञ्चार प्राधिकरण सूचना अधिकारी सन्दिप अधिकारीले मोबाइल सेवा प्रदायक कम्पनीहरुलाई रिजार्चमा शतप्रतिशत बोनस र सापटी रकम २ सय रूपैयाँ पुर्याउन निर्देशन दिएको बताए ।

‘लकडाउनको  समयमा रिचार्जमा सजिलो होस्, यस्तो समयमा मोवाइल प्रयोगकर्ताहरुलाई नेपाल दूरसञ्चार प्राधिकरणले सहज र सरल बनाउन लागेको हो,’ अधिकारीले भने ।

अधिकारीका अनुसार सापटी रकममा सेवा प्रदायकले कुनै प्रकारको थप रुकम र ब्याज पनि लिन पाउने छैनन् ।

यसैगरी १ सय रुपैयाँ रिजार्च गर्दा सय रुपैयाँ नै बोनस गर्नु पर्ने निर्देशन दिएको छ । यसैगरी बैठकले सेवा प्रदायकदले अहिले सञ्चालन गरी रहेको सेवा बाहेक कुनै एक सेवा पनि ग्राहकलाई थप आर्थिक भार नपर्ने गरी सञ्चालन गर्न पाउने सुविधा दिने निर्णय गरेको अधिकारीले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.