कोरोना उपचार कोषमा धितोपत्र बोर्डले दियो ५० लाख, सेयर कारोबार गर्ने सबैलाई पैसा हाल्न अपिल

  २०७६ चैत ११ गते ११:१७     विकासन्युज


काठमाडौं । कोरोना भाइरस संक्रमण रोगथाम एवं नियन्त्रण उपचार कोषमा नेपाल धितोपत्र बोर्डले ५० लाख रुपैयाँ जम्मा गर्ने भएको छ । विश्वव्यापी महामारीको रुपमा द्रुत गतीमा फैलिरहेको कोरोना भाइरस रोगको संक्रमणलाई मुलुकभित्र फैलिन नदिन तथा सोको रोकथाम एवं नियन्त्रणका लागि नेपाल सरकारबाट भैरहेको प्रयास तथा सो प्रयासमा आ–आफनो तर्फबाट सहयोग गर्न सरकारले आह्वान गरेपछि बोर्डले उक्त निर्णय लिएको बोर्डका प्रबक्ता तथा कार्यकारी निर्देशक निरज गिरीले बताए ।

बोर्डले यस विपत्तीको घडिमा सरकारले चालेको रोग नियन्त्रणको अभियानमा आ–आफनो तर्फबाट समेत सहयोग पु¥याउन पूँजीबजारका सबै सहभागीहरु नेप्से, सिडिएसी, क्रेडिट रेटिङ्ग संस्थाहरु, मर्चेण्ट बैंकरहरु, धितोपत्र दलाल व्यवसायीहरु, आस्वा सदस्यहरु तथा सूचीकृत कम्पनीहरु लगायतका संस्थाहरुलाई सो खातामा यथासक्दो रकम जम्मा गरी सहयोग पु¥याउन हुन समेत नेपाल धितोपत्र बोर्ड अनुरोध गरेको उनले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.