टेलिकमले थप्यो महसुल तिर्ने समय, जरिवाना पनि नलाग्ने

  २०७६ चैत ११ गते १९:२०     विकासन्युज

काठमाडौं । नेपाल टेलिकमले आफ्ना विभिन्न सेवाहरुको महसुल तिर्ने समय थपेको छ । सरकारले कोरोना भाइरसको महामारी रोकथाम र नियन्त्रणका लागि मुलुकलाई पूर्ण रुपमा लकडाउन घोषणा गरेको सन्दर्भमा टेलिकमले उक्त समयावधी थपेको हो ।

साथै, कम्पनीका ल्याण्डलाइन टेलिफोन सेवाको महशुल भुक्तानी नभएको खण्डमा लगाउने गरिएको जरिवाना यस लकडाउन अवधिभरको लागि मिनाहा गर्ने टेलिकमका प्रवक्ता राजेश जाेशीले बताएका छन् ।

पूर्ण लकडाउन मार्फत बाह्य गतिविधि तथा व्यावसायिक क्रियाकलाप सीमित भएको वर्तमान अवस्थामा कम्पनीका एडीएसएल तथा एफटीटीएच सेवाहरू ग्राहकलाई निरन्तर उपलब्ध गराउने भएको छ । यस अवधिमा समयावधि सकिएका लाइनहरूको म्याद लकडाउन अवधिभरको लागि थप गर्ने कम्पनीले जनाएको छ ।

कोरोना भाइरस महामारी रोकथाम र नियन्त्रणको लागि नेपाल सरकारले चैत ११ देखि १८ गतेसम्म मुलुकलाई पूर्ण लकडाउन घोषणा गरेको छ । यस सन्दर्भमा अत्यावश्यक सेवाको रूपमा रहेको दूरसञ्चार सेवा प्रवाह गर्ने राष्ट्रको जिम्मेवार र अग्रणी सेवाप्रदायकको रूपमा टेलिकमले आफ्ना सेवाहरू सहज, सुपथ तथा अविच्छिन्न रूपमा प्रवाह गर्ने प्रतिवद्धता व्यक्त गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.