कोरोना विरुद्धको लडाईंमा भाटभटेनीले गर्याे एक करोड सहयोग

  २०७६ चैत ११ गते १६:३१     विकासन्युज

काठमाडौं । मुलुकको प्रतिष्ठित व्यापारिक घराना भाटभटेनी समूहले कोरोना भाइरस (कोभिड–१९) विरोद्धको लडाईंमा तत्काल एक करोड रुपैयाँ खर्च गर्ने भएको छ ।
भाटभटेनी समूहले सरकारले खडा गरेको कोरोना संक्रमण (कोभिड–१९) रोकथाम तथा नियन्त्रण कोषमार्फत उक्त रकम खर्च गर्ने समूहका अध्यक्ष मिनबहादुर गुरुङले बताए । ‘हाम्रो समूहले सरकारले खडा गरेको कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण कोषलाई एक करोड रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराउनेछाैं,’ गुरुङले भने, ‘हामी उक्त रकमको चेक तत्काल कोषलाई उपलब्ध गराउनेछौं, कोषले आवश्यकता अनुसार परिचालन गर्नेछ ।’
विपतको घडीमा समूहले थप सहयोगको विषयमा पनि सोच बनाएको अध्यक्ष गुरुङले भने । ‘मुलुकमा विपत्ति आउँदा हिजो पनि हामीले सक्दो सहयोग गरेका थियौं । यसपालि पनि त्यसका लागि तयार छौं, ।’
विश्वव्यापी महामारी कोभिड–१९ को दोस्रो बिरामी नेपालमा समेत देखिइसकेको सन्दर्भमा यसको थप संक्रमण रोक्न र संक्रमितको उपचारमा सहयोग पु¥याउन समूहले उक्त रकम उपलब्ध गराउन लागेको गुरुङको भनाइ छ ।

भाटभटेनी समूहले विपतको अवस्थामा यस किसिमको सहयोग उपलब्ध गराउँदै आएको छ । विगतमा मुलुक भूकम्प, बाढी–पहिरो जस्ता दैवी विपत्तिको चपेटामा परेको बेला पनि सहयोग गर्दै आएको छ ।

यसबाहेक भाटभटेनी समूहले दुर्गम क्षेत्रका गरिब तथा जेहेन्दार विद्यार्थीलाई मेडिकल साइन्स अध्ययनका लागि छात्रवृत्ति समेत उलब्ध गराउँदै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.