सर्वसाधारणले बुझेनन् लक डाउन, माइकिङ गर्दा पनि नटेरे पुलिसले समाउने

  २०७६ चैत ११ गते १२:१३     राजाराम न्याैपाने

काठमाडौं । सरकारले आजदेखि देशभर लकडाउन घोषणा गरेको छ । विश्वलाई नै चुनौति र आतंकित पारिरहेको कोरोना भाइरसको  संक्रमण नफैलियोस् भन्दै नेपालले पनि सजगता अनाउँन आजबाट लक डाउन घोषणा गरेको हो । सरकारले क हप्ताका लागि लक डाउन गरेको छ । कोरोना भाइरस एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्ने डरले सरकारले आज बिहान ६ बजेबाट लागूहुने गरी देशैभर लक डाउन गर्ने निर्णय गरेको हो ।
अत्यावश्यक अवस्था बाहेक सडकमा निस्कन निषेध गरेको छ । राजपत्रमा पनि उल्लेख भए अनुसार अत्यावश्यक क्षेत्र बाहेक सबै बन्द गर्न निर्देशन पनि दिइएको छ । लक डाउनको अर्थ सबै नागरिक सुरक्षित रुपमा घरमै बस्ने हो । तर, विभिन्न सहरहरुमा केही मानिसहरु लक डाउन कस्तो हो भनेर हेर्न निस्किएका छन् ।
 सरकारले लक डाउन गरिसकेपछि सर्वसाधारले आफै बुझनु पर्ने प्रहरी अधिकारीको भनाइ छ । नेपाल प्रहरीका सूचना अधिकारी शैलेश थापा क्षेत्रीले सबैले बुझुन भनेर प्रहरीले माइकिङ पनि गरिरहेको बताए । बिना काममा बाटोमा हिडेका मानिसहरुलाई प्रहरीले सुझाव दिइरहेको रहेको उनको भनाइ छ ।
‘सम्झाउँदा सम्झाउँदै र माइकिङ गर्दा पनि ७/८ जनाको समूह भएर हिँडे भने पुलिसले समाउछ, सबैलाई आतंकित पारिरहेको कोरोना भाइरसको  संक्रमण नफैलियोस भनेर सबै आफ्नो घरमा बस्ने बेला हो,’ थापा क्षेत्रीले भने ।   बागमती प्रदेशको राजधानी  हेटौंडामा पनि सरकारको निर्णयलाई पूर्ण रुपमा पालना भएको छैन । सडकमा मोटरसाईकल, अटो, जीप, कार भ्यान, ट्रक, टिपरहरु समेत सरकारको निर्णयलाई बेवास्ता गर्दै गुडिरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.