के हात धुन सबैले एउटै साबुन प्रयोग गर्दा किटाणु सर्छ ?

  २०७६ चैत ११ गते १०:३७     विकासन्युज

काठमाडौं । हातको फोहोर, किटाणुलाई सफा गर्नको लागि साबुन पानीलाई सबैभन्दा उपयुक्त सामाग्री मानिन्छ । खाना खानुअघि, खाईसकेपछि, चर्पी गईसकेकपछि जहिले पनि नियमित रुपमा साबुन पानीको प्रयोग गर्न विशेषज्ञहरु सल्लाह दिन्छन् ।

तर हामी सबैले एउटै साबुन प्रयोग गर्दा रोग त सर्दैन भन्ने हामी मध्ये धेरैको चाँसोको विषय हो । यस प्रश्नको उत्तर सन् १९६५ मा सार्वजनिक भएको थियो । उक्त अध्यन अनुसार एउटै साबुन प्रयोग गर्दा रोग नसर्न बताएको छ ।

वैज्ञानिकहरुले श्रखलावद्ध रुपमा ५ बिलियन ब्याक्टेरियाले हात फोहोर गरेका थिए । त्यो रोग लाग्ने ब्याक्टेरिया थियो । उनीहरुले एउटा साबुन प्रयोग गरेर हात धुए र सोही साबुन दोस्रो व्यक्तिलाई प्रयोग गर्नदिए । यसरी एउटै साबुन प्रयोग गर्दा उक्त ब्याक्टेरिया दोस्रो व्यक्तिमा सरेको पाईएन र उनीहरुले एउटै साबुन प्रयोग गर्दा किटाणुहरु नसर्ने पुष्टि गरे ।

यस्तै सन् १९८८ मा साबुन उत्पादनकर्ताले राखेका वैज्ञानिकहरुले https://www.ncbi.nlm.nih.gov/pubmed/?term=3402545 एउटै साबुन प्रयोग गर्दा किटाणुहरु नसर्न पुष्टि गरेको थियो ।

स्वास्थ्य विशेषज्ञहरु साबुन पानीले हात धुनु किटाणुको संक्रमणबाट बच्न सबैभन्दा उत्तम उपाय भएको बताउँछन् । त्यसैले मानिसहरुले किटाणुबाट बच्नलाई नगर्ने एक मात्र गल्ती भनेको साबुन पानीले हात नधुनु हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.