माछापुच्छ्रे बैंकको सीईओमा सन्तोष कोइराला

  २०७६ चैत ११ गते १०:२५     विकासन्युज

काठमाडौं । माछापुच्छ्रे बैंकको प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा सन्तोष कोइराला नियुक्त भएका छन् । चैत १० गते बसेको बैंक सञ्चालक समितिको बैठकले रिक्त रहेको सीईओ पदमा कोइरालालाई नियुक्त गरेको हो ।

यससँगै नवनियुक्त सीईओ कोइरालाले आगामी ४ (चार) वर्षसम्म बैंकको कार्यकारी अधिकृत पदको कार्यभार सम्हाल्ने छन् ।

विगत ७ वर्षदेखि माछापुच्छ्रे बैंकमा कार्यरत रहेका कोइराला हाल यस बैंकमा कायम मुकायम प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्यरत छन् ।

उनीसँग समग्र बैकिङ क्षेत्रको २१ वर्षको अनुभव रहेको छ । उनले त्रिभुवन विश्वविद्यालयबाट व्यवस्थापनमा स्नातकोत्तर गरेका छन् भने नेदरल्याण्डको इरासमस युनिभर्सिटीबाट ‘एड्भान्स म्यानेजमेन्ट एण्ड लिडरसिप प्रोग्राम’ मा डिप्लोमा गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.