मंगलबारबाट नेपाल पूर्ण रुपमा ‘लक डाउन’, घर बाहिर निस्कन नपाइने (निर्णयसहित)

  २०७६ चैत १० गते १९:३५     विकासन्युज

काठमाडौँ । सरकारले भोलि(मंगलबार)देखि देशलाई पूर्ण रुपमा लक डाउन गर्ने भएकाे छ । उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्‍वर पोखरेलको संयोकत्वमा रहेको कोभिड-१९ संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको सोमबार बसेको बैठकले भाेली बिहान ६ बजेदेखि देशभर लक डाउन गर्ने निर्णय गरेको हो ।

सरकारले भाेलिदेखि चैत १८ गते बिहान ६ बजेसम्मका लागि लक डाउन गरेकाे बताएकाे छ । लक डाउनमा अनावश्यक बाहिर निस्कन पाइने छैन । सबै हवाइसेवा बन्द हुनेछन्। सुरक्षाकर्मी, स्वास्थ्यकर्मी जस्ता अत्यावश्यक सेवामा खटिएका तथा अनुमति प्राप्त व्यक्ति र सवारी साधनबाहेकको आवतजावत रोकिनेछन्।

सरकारले हिजाे मात्रै भारततर्फका सबै नाका बन्द गर्ने निर्णय गरेकाे थियाे भने चीनतर्फका पहिले नै गरिसकेका छन् ।आज एक जना युवतीमा कोरोना भाइरसको संक्रमण देखिएसँगै सरकारले यस्तो निर्णय लिएको हो।

सरकारले  उल्लेखित निर्णयहरूकाे पालना नगर्ने  र काममा बाधा पुर्याउनेलाई कारबाही गर्ने बताएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.