आपतकालिन अवस्थासँग जुध्न सरकारसँग सहकार्य गर्दै नेपाल उद्योग परिसंघ

  २०७६ चैत १० गते १८:५९     विकासन्युज

काठमाडाैं । विश्व महामारीको रुपमा फैलीरहेको कोरोना भाइरसको रोकथाम एवं सोबाट उत्पन्न हुन सक्ने समस्यासँग जुध्न नेपाल उद्योग परिसंघले सरकारसँग सहकार्य सुरु गर्ने भएकाे छ ।

निजी क्षेत्रको तर्फबाट सरकारलाई सहयोग गर्न के-कस्तो कार्यहरु गर्न सकिन्छ भन्ने विषयमा परिसंघको प्रतिनिधि मण्डलले साेमबार सरकारको उच्चस्तरीय समितिका संयोजक तथा उप-प्रधानमन्त्री ईश्वर पोख्रेलसँग छलफल गरेको छ ।

सरकालाई निजी क्षेत्रले सघाउन सक्ने क्षेत्रहरु आपूर्ति व्यवस्था नियमित राख्ने, अत्यावश्यक स्वास्थ्य सामग्री जुटाउन सहकार्य गर्ने, रोगथामका लागि आवश्यक पूर्वाधार निर्माणमा सघाउने विषयमा छलफल केन्द्रित रह्यो ।

उपप्रधानमन्त्री एवं संयोजक ईश्वर पोख्रेलले सरकारी तयारी बारे जानकारी गराउँदै अत्यावश्यक स्वास्थ्य सामग्रीको आपूर्तिमा सघाउन र सरकारसँग सघन सम्पर्कमा रहेर विषम परिस्थितिको सामना गर्न सहकार्यको अपरिहार्यता स्पष्ट पार्नु भयो । यी विषयमा नेपाल उद्योग परिसंघका अध्यक्ष सतिश कुमार मोरले निजी क्षेत्रमा आपसी समन्वय गरी सरकारलाई यथासक्य छिटो उपलब्ध सहयोग हस्तान्तरण गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

परिसंघका अध्यक्ष एमिरेट्स विनोद चौधरीले आवश्यक सहकार्य र सहयोग उपलब्ध गराउन तयारी अवस्थामा रहेको जानकारी गराए ।

उक्त छलफल कार्यक्रममा परिसंघका पदाधिकारी तथा गभनिङ्ग काउन्सिलका सदस्यहरुको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.