कान्तिपुर कोभिड–१९ रोकथाम कोषमा सिद्धार्थ बैंकको सहयाेग

  २०७६ चैत १० गते १८:४०     विकासन्युज

काठमाडौं । विश्वभर महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड १९) विरुद्ध सिंगो विश्व नै लडिरहेको छ । यस रोगको रोकथाम तथा नियन्त्रणका लागि सरकारका साथै सम्पूर्ण नागरिकहरुको उत्तिकै महत्वपूर्ण भूमिक रहन्छ ।

महामारी रोकथाम तथा नियन्त्रण अभियानमा साथ दिनु यस बैंकले पनि आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वको रुपमा लिएको छ । कोरोना रोकथामका निमित्त आवश्यक पर्ने नमूना परीक्षण किट एवं स्वास्थ्य उपकरणहरुको व्यवस्थापन गर्न सरकारले स्थापना गरेको ‘कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण कोष’ को समन्वयमा गरेकाे छ ।

सरकारी अस्पतालमा खर्च गर्ने प्रयोजनको लागि कान्तिपुरसँगको सहकार्यमा यस बैंक समेतको साझेदारीमा ‘कान्तिपुर कोभिड–१९ रोकथाम कोष’को स्थापना गरिएको छ । उक्त कोषमा सिद्धार्थ बैंकले १५ लाख रुपैयाँको आर्थिक सहयोग प्रदान गरेको छ ।

उक्त कोषमा जो सुकै व्यक्ति तथा संस्थाले पनि सहयोग गर्न सक्नु हुनेछ सो को लागि यस बैंकको खाता नं. ००१०००००००१ मा रकम जम्मा गर्न सकिनेछ ।
त्यसैगरी यस महामारीको संक्रमणको जोखिम कम गर्नका लागि नोटको सट्टा बैंकका विभिन्न कार्डहरु, मोबाईल बैंकिङ्ग, इन्टरनेट बैंकिंङ्गजस्ता डिजिटल माध्यमबाट भुक्तानी कारोबार गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.