कोरोना रोकथाम कोषमा ग्लोबल आइएमई बैंकको १ करोड १५ लाख सहयोग

  २०७६ चैत १० गते १७:२८     विकासन्युज

 

काठमाडौं । ग्लोबल आइएमई बैंकले कोरोना भाईरस (कोभिड –१९) रोकथाम तथा नियन्त्रण गर्न नेपाल सरकारले चैत्र ९ गते घोषणा गरेको “कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण कोष” मा रु. १ करोड रुपैयाँ योगदान गर्ने निर्णय गरेको छ ।

साथै, सोही प्रयोजनार्थ कान्तिपुर पब्लिकेशनद्वारा स्थापित “कान्तिपुर कोभिड–१९ रोकथाम” कोषमा बैंकले रु १५ लाख आर्थिक सहयोग प्रदान गरेकोे छ ।

कोभिड–१९ ले विश्वसमुदायलाई त्रसित बनाइरहेको र नेपाल पनि उच्च जोखिममा रहेको यस घडीमा सरकारसँग हातेमालो गर्दै बैंकले उक्त रकम उपलब्ध गराएको हो ।

यस योगदानबाट कोरोना भाईरस विरुद्व लड्न नेपाल सरकारलाई थप प्रेरणा र सहयोग पुग्ने विश्वास बैंकले लिएकोे बरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत महेश ढकालले बताए ।

बैंकले आफ्नो स्थापनाकालदेखि नै विभिन्न दैवीक प्रकोप तथा अन्य विपतमा आफनो सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राखेर विभिन्न कार्यहरुमा सहयोग गर्दै आएको छ । साथै बैंकले आगामी दिनहरुमा समेत यस्तो सहयोगलाई निरन्तरता दिँदै जाने जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.