कोरोना भाइरसको संक्रमण रोक्न साउदी सरकारले जारी गर्याे आंशिक कर्फ्यू

  २०७६ चैत १० गते १६:४८     विकासन्युज

काठमाडौं । साउदी अरबमा कोरोनाको संक्रमण हुनेको संख्या बढ्दै गएकोसँगै आंशिक कफ्र्यू जारी गरेको छ । संक्रमण नियन्त्रणलाई ध्यान राख्दै साउदी अरबका राजा सलमान बिन अब्दुल अजिज आल साउदले साउदी अरबमा मार्च २३, २०२० को समय राती ०७ बजे देखि लागू हुने गरी कफ्र्यू लगाएको हो ।

आगामी २१ दिन सम्म साँझ ०७ बजे देखि बिहान ०६ बजे सम्मका लागि कर्फ्यु आदेश जारी गर्न भएको छ । केहि अत्यावश्यक सेवा संचालन मात्र खुल्ने गरी लगाइएको यो कर्फ्युको पूर्ण पालना गर्न साउदी अरबमा रहेका सम्पूर्ण नेपालीलाई राजदूतावास अनुरोध गरेको छ ।

कोरोना संक्रमणको यो कठिन परिस्थितिमा साउदी अरबमा रहेका नेपालीहरुमा रोगको संक्रमण रोक्न स्वास्थ्य सावधानी र साउदी सरकारको नियम कानुन निर्देशन पालनाको सम्बन्धमा सचेतना विस्तार गर्न गैर आवासीय नेपाली संघ एवं सम्पूर्ण सामाजिक संघसंस्था नेपाली राजदूतावास अनुरोध गरेको छ ।

साउदीमा मार्च ०२, २०२० मा एक जनाबाट शुरु भएको भाइरसको संक्रमण तीन हप्ताको अवधिमा ५ सय ११ जनामा फैलिसकेको छ । हालसम्म नेपाली नागरिकहरुमा यो संक्रमण देखिएको छैन । यो संक्रमण नेपाली नागरिकहरुमा हुन नदिन आउँदा दिनहरुमा समेत अत्यन्त सचेत भई कोरोना संक्रमण हुन नदिने सावधानीहरु अपनाउन आग्रह गरेको छ ।

तसर्थ, कर्फ्युको समयमा आवास बाहिर ननिस्कन र स्वास्थ्यका कारण निस्किनुपर्ने भएमा सरकारी अधिकारीहरुसँग पूर्ण समन्वय गर्ने स्वास्थ्यका सावधानी अपनाउनुका साथै राजदूतावासको निरन्तर सम्पर्क रहन अनुरोध गरेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.