बुद्ध एयरका ६ जहाज ग्राउन्डेड

  २०७६ चैत १० गते १४:४६     विकासन्युज

काठमाडाैं । बुद्ध एयरले आफ्ना ६ जहाज ग्राउन्डेड गर्ने भएको छ। नेपालमा आन्तरिक उडान गर्ने निजी क्षेत्रको सबैभन्दा ठूलो एयरलाइन्स बुद्ध एयरले आफ्ना ६ जहाज ग्राउन्डेड गर्ने भएको हाे।

कर्मचारी र यात्रुको स्वास्थ्य संवेदनशिलतालाई ध्यानमा राख्दै उडान संख्या घटाउने निर्णय गरेको हो। कोरोनाको जोखिमका कारण एकातिर यात्रुहरु पाइनै छाडेको अर्कोतिर स्वास्थ्य जोखिम पनि बढेका कारण भोलिदेखि ६ जहाज ग्राउन्डेड गर्न लागिएको बुद्ध एयरले जानकारी दिएकाे छ ।

बुद्धले उडान भने जारी राख्ने बताएको छ। यसका लागि कर्मचारीहरुलाई आलोपालो मिलाएर बिदा बस्न निर्देशन दिइसकेको छ । हाल बुद्धसँग १३ जहाज छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.