नेपाली कामदार फिर्ता गर्न थाले विदेशी कम्पनी, दुई देशका ३ सय ३६ जना फिर्ता गर्न पत्राचार

  २०७६ चैत १० गते १४:०१     सुनिता पुडासैनी

काठमाडौं । वैदेशिक रोजगारीका क्रममा रहेका नेपालीलाई रोजगारदाता कम्पनीले फिर्ता गर्न थालेका छन् । विश्वभर फैलिएको कोरोना सन्त्रासको कारण कम्पनी बन्द भएकोले कामदार फिर्ता प्रक्रियामा त्यस्ता कम्पनी लागेका हुन् ।

यसै क्रममा दुबई र बहराईनका कम्पनीहरुले ३ सय ३६ नेपाली स्वदेश फिर्ता पठाउने प्रक्रिया सुरु गरेका छन् । ती दुई देशका कम्पनीहरुले नेपालका वैदेशिक रोजगार व्यवसायीलाई पत्र पठाउँदै कामदार फिर्ता लैजान आग्रह गरेका छन् ।

दुबइ र बहराइनका कम्पनीले नेपाली कामदार फिर्ता लिन आग्रह गर्दै वैदेशिक रोजगार व्यवसायी संघ तथा सम्बन्धित म्यानपावरलाई पत्र पठाएका हुन् ।

वैदेशिक रोजगार रोजगार व्यवसायी संघका महासचिव सुजित श्रेष्ठले पछिल्लो समय वैदेशिक रोजगारीमा विभिन्न मुलुुकका रोजगारदाता कम्पनी बन्द भएसँगै नेपालीलाई फिर्ता पठाउने पत्र आउन थालेको बताए ।

विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसले वैदेशिक रोजगारीमा तथा अध्ययन एवंम भ्रमणका लागि विदेशीयका नागरिकको अवस्थाप्रति संसारभरका सरकार केन्द्रित भएका छन् ।

‘हालसम्म बहराईन र दुबईका ८ कम्पनीमा कार्यरत ३ सय ३६ नेपाली कामदारलाई फिर्ता पठाउन कम्पनीले सन्देश संप्रेषण गरेका छन्’ महासचिव श्रेष्ठले भने ।

बहराईनको राजधानीमा रहेको फोर सीजन होटलमा कार्यरत ४८ नेपालीलाई नेपाल फिर्ता गर्ने तयारी भएको भन्दै उक्त होटलले सूचना पठाएको छ । कोरोना भाइरसको संक्रमण फैलिए र होटल बन्द भएसँगै त्यहाँ कार्यरत सबै विदेशी नागरिकलाई आफ्नो देश फर्काइरहेको भन्दै वैदेशिक रोजगार व्यवसायी संघलाई पत्राचार गरेको छ ।

मिलेनियम् एयरपोर्ट होटेल दुबई बन्द भएसँगै त्यस होटलमा कार्यरत ४ नेपालीलाई नेपाल फर्काउने तयारी गर्दै कम्पनीले पत्रचार गरेको थियो ।

ग्रान्ड कोज्मोपलिटन् होटल, दुबईमा कार्यरत १९ नेपाली कार्यरत छन् । कोरोना भाइरसको संक्रमणकै कारण होटल बन्द भएसँगै नेपाल फिर्ता पठाउन पत्रचार गरेको छ ।

दुबईमा रहेको ५ तारे रेडिसन होटल बन्द भएसँगै त्यहाँ कार्यरत ४७ जना नेपाली देश फर्काउनका सन्देश प्राप्त भएको छ ।

त्यस्तै दुर्बइमा रहेको अर्काे ५ तारे होटल इन्टरकन्टिनेंटल पनि बन्द भएको भन्दै त्यहाँ काम गरिरहेका १ सय २० जना नेपालीलाई नेपाल फर्काउन पत्र आएको छ ।

क्राउन प्लाजा दुबई पनि बन्द भएको छ । त्यहाँ रहेका ७८ जना नेपालीलाई नेपाल फर्काउन पत्र आएको छ । उक्त प्लाजाभित्र रहेका १२ वाटै रेष्टुरेन्ट बन्द भइसकेको जानकारी आएको छ ।

नियमित रुपमा देशभरिका धेरै कार्यक्रम हुने तथा खेलाडीको आकर्षित गर्न अब्बल रहेको अबूधाबी गल्फ क्लब बन्द भएको छ । त्यहाँ रहेका १३ जना नेपाली फर्काउन उक्त क्लबले पनि सन्देश पठाएको छ ।

दुबईमा रहेको अरबियन होटल ग्रुप पनि बन्द भएको र त्यहाँ रहेका ७ जना नेपालीलाई नेपाल फर्काउन उक्त कम्पनीबाट सन्देश प्राप्त भएको श्रेष्ठले जानकारी दिए ।

विश्व स्वास्थ्य संगठनका अनुसार विश्वको जुनसुकै मुलुकमा रहेका नागरिकलाई रोग संक्रमण भएमा दुवै देशको सहमतिविना पठाउन नपाउने घोषणा गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.