काेराेना राेकथामका लागि कृषि विकास बैंककाे एक करोड २५ लाख सहयाेग

  २०७६ चैत १० गते १३:५५     विकासन्युज

काठमाडौं । कृषि विकास बैंकले कोरोना कोषमा एक करोड २५ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ । कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणकाे लागि नेपाल सरकारद्वारा स्थापना गरिएको उक्त कोषमा बैंकले सो मात्राको रकम सहयोग स्वरुप उपलब्ध गराएको हो ।

कोभिड-१९ कोरोना नामक भाईरसले आम विश्वसमुदायलाई त्रसित बनाई रहेको यस अवस्थामा नेपाल र नेपाली जनता पनि उच्च जोखिममा रहेको यस विपतको घडीमा कोभिड-१९ कोरोना नामक भाईरससंग सावधानी पूर्वक डटेर सामाना गर्नका लागि व्यक्तिगत सुरक्षा सामाग्री, स्वास्थ्य उपकरण, नमूना परिक्षण किट र क्वारेण्टाईन लगायत अत्यावश्यक सामग्री स्वास्थ्य व्यवस्थाको उचित प्रबन्ध मिलाउन उक्त सहयोग गरेको हो ।

मन्त्रिपरिषद्को आइतबार साँझको बैठकले कोरोना संक्रमणका विरूद्ध ५० करोडको कोषको घोषणा गरेको थियो। सो कोषमा मन्त्रीहरूबाट एक महिनाको पारिश्रमिक योगदान गर्ने बताइएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.