देशैभर लामो दूरीका सवारीसाधन बन्द, काठमाडौंका सडक हुन थाले खाली

  २०७६ चैत १० गते ९:२८     राजाराम न्यौपाने

काठमाडौं । लामो दूरीका सवारीसाधन सञ्चालनमा रोक लगाएसगैँ काठमाडौंका सडक खाली हुन थालेका छन् । सरकारले सोबारदेखि देशैभर लामो दूरीको सवारीसाधान सञ्चालनमा रोक लगाए पछि काठमाडौंका सडक खाली हुन थालेको हो ।

विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड(१९) संक्रमणबाट बच्न सरकारले आजदेखि देशैभर लामो दूरीका सवारीसाधन सञ्चालनमा रोक लगाएको हो ।
कोरोना भाइरसको त्रास बढेसँगै सरकारले सावधानी अपनाउन सवारीसाधन बन्द गर्ने निर्णय लिएको थियो ।

कोरोनाभाइरस संक्रमण रोकथामका लागि सरकारले चैत १० देखि २१ गते सम्मकालागि लामो रूटका सार्वजनिक सवारीसाधन संचालन बन्द गर्ने घोषणा गरेको थियो ।

७ चैत (शुक्रबार) प्रधानमन्त्री केपी शर्मा ओलीले देशवासीलाई सम्बोधन गर्दै आजदेखि केही अवधिका लागि नेपालभर चल्ने सबै प्रकारका लामो दूरीका यात्रुवाहक सवारी साधनमा रोक लगाएको घोषणा गरेका थिए ।

केहिदिनयता गाडी नचल्ने भएपछि उपत्यकाबाट बाहिरिने यात्रुको चाप अत्यधिक बढेको थियो । महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार चैत ७ गते काठमाडौं उपत्याकाको विभिन्न नाका हुँदै १ लाख ३० हजार ८ सय २२ जना र चैत ८ गते २ लाख ६ हजार ३ सय ३९ जना यात्रु बाहिरिएका छन् ।

९ चैतदेखि संघ, प्रदेश र स्थानीय तहका सार्वजनिक, सामुदायिक तथा निजी सेवा प्रदायक संस्थाहरूबाट प्रदान गरिने अत्यावश्यक बाहेकका सबै सेवाहरू देशैभर २१ चैतसम्मका लागि बन्द गरिसकिएको थियो । शिक्षण संस्थाहरू यसअघि नै बन्द भइसकेका छन् भने परीक्षा पनि स्थगित गरिसकिएको छ ।


सरकारी प्रावधान अनुसार लामो दूरी भन्नाले २५० किलोमिटरभन्दा टाढालाई मानिन्छ ।

यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले अहिलेको अवस्थामा रोगबाट जोगिन सबैले स्वास्थ्य सतर्कता अपनाउनका लागि लामो दूरीका सवारीसाधन बन्द गरिएको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.