काेराेनाकाे जाेखिम न्यूनिकरण गर्न नेपाल बैंककाे १ कराेड सहयाेग

  २०७६ चैत ९ गते २०:४९     विकासन्युज

काठमाडाैं । नेपाल बैंक लिमिटेडले कोरोनाको जोखिमलाई न्युनिकरण गर्न १ करोड रुपैयाँ सरकारलाई सहयोग गर्ने भएको छ । कोरोना भाइरसको संक्रमणबाट सृजना हुन सक्ने जोखिम न्यूनीकरण तथा व्यवस्थापनका लागि नागरिकलाई बचाउनका लागि बैंकले साे रकम सहयाेग गर्ने निर्णय गरेकाे हाे ।

बैंक सञ्चालक समितिको बैठकले कोरोना भाइरसको जोखिम न्यूनिकरण गर्न सरकारले गरिरहेकाे काममा सघाउ पुर्याउने उद्धेश्यले साे रकम सहयाेग गर्ने निर्णय गरेकाे हाे ।

बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सो रकम सहयोग गर्ने भएको हो । उक्त रकम सरकारले निर्धारण गरेको उपयुक्त कोषमा जम्मा गरिने बैंकले जनाएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.