ग्रील तथा स्टील उद्योगका अति जरुरी बाहेकका काम नगर्न नगराउन महासंघको आग्रह

  २०७६ चैत ९ गते १९:१६     विकासन्युज

काठमाडौं । सरकारले अर्काे सूचना जारी नगर्ने समयसम्म अति नै जरुरी काम बाहेकका अन्य काम नगर्न, नगराउन ग्रील तथा स्टील व्यवसायीहरुलाई निर्देशन दिएको छ ।

ग्रील तथा स्टील उद्योग व्यवसायी महासंघको मातहतका जिल्ला संघ, क्षेत्रिय समिति र ईकाई समितिले गर्दै आएको सभा, सम्मेलन, गोष्ठी, तालिम, भेला लगायतका कार्यक्रमहरु स्थगित गर्न महासंघको अध्यक्ष मोहन कटुवालले जानकारी दिए ।

महामारीको रुपमा फैलिएको कोरोनाबाट बच्नका लागि उद्योगी, व्यवसायी, कर्मचारी, आश्रित परिवार एवंम छरछिमेकीहरुमा सुरक्षित तरिकाले सचेतना कार्यक्रम गर्न गराउन महासंघले सक्दो प्रयास पर्ने अध्यक्ष कटुवालले जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.