‘आफू नि बचौं अरुलाई नि बचाउँ’ अभियानमा युरेस नेपाल कमर्श क्याम्पसका स्वयंसेवक

  २०७६ चैत ९ गते १९:३६     विकासन्युज

काठमाडाैं । युथ रेडक्रस सर्कल(युरेस) नेपाल कमर्श क्याम्पसका स्वयंसेवकले स्थानीय स्तरमा कोरोना भाइरस (काेभिड १९) को बारेमा सचेतना कार्यक्रम संचालन गरिरहेका छन् । भाइरसकाे राेकथाम र प्रतिकार्यकाे लागि युरेस नेपाल कमर्श क्याम्पसले ‘आफू नि बचौं अरुलाइ नि बचाउँ’ भन्ने नाराका साथ विभिन्न स्थानमा उक्त कार्यक्रमहरू संचालन गरिरहेकाे छ।

साथै, नेपाल रेडक्रस सोसाईटी(नेरेसाे) काठमाडौं जिल्ला शाखाबाट स्यानिटाइजर बनाउने तालिम प्राप्त स्वयंसेवकहरु भोलिदेखि काठमाडौ जिल्ला शाखा अन्तर्गत रहेका उप-शाखाहरुमा गई स्यानिटाइजर बनाउन सिकाउन तयारी अवस्थामा छन् ।

नेरेसाे काठमाडौ जिल्ला शाखा जुनियर तथा युवा विभागका सदस्य कुशल बस्नेत भन्छन् -‘यो बिपतको घडीमा हामी आफू पनि सुरक्षित रही अरुलाइ पनि यो भाइरसबाट कसरी टाढा राख्ने र कसरी सक्रमन बाट बच्ने भन्ने जनचेतना कार्यक्रम साथै स्यानिटाइजर बनाउने तरिका सिकाउँदै आइरहेका छौं, हाम्रो युबा टिम तयारी अवस्थामा छ ।’

‘नेरेसो काठमाडौ जिल्ला शाखाको अधीनमा छौ जहाँ जुन बेला जे गर्ने पनि तयार छाैं’ बस्नेतले बताए । साथै, उनले विश्वभर काेराेना भाइरसकाे संक्रमण बढ्दै गएकाे र त्यसकाे प्रभाव नेपालमा पनि पर्न सक्ने हुनाले अत्यावश्यक काम बाहेक घरबाट बाहिर ननिस्किन आम नागरिकलाई आग्रह गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.