वैदेशिक रोजगार बोर्डले प्रदान गर्ने शव ढुवानी बाहेक सम्पूर्ण सेवा बन्द

  २०७६ चैत ९ गते १८:२४     विकासन्युज

काठमाडौं । वैदेशिक रोजगार बोर्ड सचिवालयबाट प्रदान गरिने शव ढुवानी बाहेकका सम्पूर्ण सेवाहरु बन्द हुने भएको छ । प्रधानमन्त्रीको सम्बोधन समेत अत्यावश्यक सेवा बाहेक अन्य सबै सेवा बन्द गर्ने निर्देशन दिएसँगै बन्द गर्ने निर्णय गरेकाे हाे ।

उक्त निर्देशन र भैपरी आउने जोखिमलाई न्यूनीकरण गर्न वैदेशिक रोजगार विभागले उक्त अर्काे सूचना नआए सम्मका लागि शव दुवानी बाहेक सबै सेवा बन्द गरेको जानकारी दिएको छ ।

कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले सभा समारोह लगायत ठूला÷साना जमघट नगर्न निर्देशन दिएको थियो ।

महामारीको रुपमा विश्वव्यापी कोरोना भाइरस (कोभिड १९) को उच्च जोखिममा रहेको विश्व स्वास्थ्य संघले घोषणा गरेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.