श्री एयरलाइन्सले साेमबारदेखि काठमाडौं-सिमरा उडान भर्ने

  २०७६ चैत ९ गते १८:२०     विकासन्युज

काठमाडौं । श्री एयरलाइन्सले सोमबारदेखि काठमाडौं–सिमरा उडान शुरु गर्ने भएको छ । एयरलाइन्सले शनिबार एक विज्ञप्ती जारी गर्दै उडान सुरू गर्ने जनाएकाे हाे । तीन महिना अघि नै टेस्ट फ्लाइट गरिसकेको एयरलाइन्सले नयाँ गन्तव्य थप गरेको हो ।

श्रीले बिहान सवा ८ बजे काठमाडौंबाट उडान हुनेछ भने सिमराबाट बिहान ९ बजेर ५ मिनेटमा उडान गर्नेछ । साथै दिनको दोस्रो उडान दिउँसो ३ बजेर ४० मिनेटमा हुनेछ भने ४ बजेर ३० मिनेटमा सिमराबाट काठमाडौंका लागि उडान हुनेछ ।

कम्पनीका प्रबन्धक अनिल मानन्धरले काठमाडौं–सिमराका लागि शुरुवातमा प्रमोसनल शुल्क २ हजार ८ सय रुपैयाँ तोकिएको छ भने सिमरा–काठमाडौंका लागि २ हजार रुपैयाँ भाडा तोकेकाे बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.