सिद्धार्थ बैंकका कर्मचारी तथा ग्राहकलाई चिरायु हस्पिटलमा २० प्रतिशत छुट

  २०७६ चैत ९ गते १७:१२     विकासन्युज

काठमाडौं । सिद्धार्थ बैंकका कर्मचारी तथा  ग्राहकले चिरायु हस्पिटलमा १५ देखि २० प्रतिशतसम्म छुट पाउने भएका छन् । यस सम्बन्धि बैंक र काठमाडौँको बसुन्धारा स्थित चिरायु नेशनल हस्पिटल एण्ड मेडिकल इन्टिच्युट प्रा। लि। बीच सम्झौता भएको छ ।

सम्झौता पश्चात बैंकका कर्मचारी र कर्मचारीका सदस्यहरुले बैंकको डेबिट र क्रेडिट कार्ड मार्फत भुक्तानी गरी सो हस्पिटलमा स्वास्थ्य सेवा लिंदा २० प्रतिशतसम्मको छुट पाउने छन् । साथै, बैंकका ग्राहकहरुले सेवा लिँदा १५ प्रतिशतसम्मको छुट पाउने छन् ।

उक्त सम्झौतापत्रमा सिद्धार्थ बैंकका तर्फबाट सहायक महाप्रबन्धक सुरेश राज महर्जन र चिरायु हस्पिटलका तर्फबाट संचालन निर्देशक चन्देश्वर वैद्यले हस्ताक्षर गरेका हुन् ।

हाल बैंकले १८५ वटा शाखा (३ एक्स्टेन्सन् काउन्टर सहित), १०१ शाखारहित बैंकिङ्ग सेवा, २०५ एटीएम र १,६०० भन्दा बढी पीओएस मेसिन मार्फत् बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.