यति एयरलाइन्सले पनि भाडा घटायो

  २०७६ चैत ९ गते १७:१५     विकासन्युज

काठमाडौं । यति एयरलाइन्सले पनि भाडा घटाएकाे छ । आइतबार एक विज्ञप्ती सार्वजनिक गर्दै यतिले हवाई भाडा घटाएको बताएको हो ।

यति एयरले अब भद्रपुरको भाडादर ९ हजारबाट अधिकतम सिमा ६२ सय रुपैयाँ कायम गरेको छ । बिराटनगरको ७ हजार ४ सय ४५ रुपैयाँबाट ५५ सय कायम गरिएको छ । भैरहवाको ६१ सयबाट ४९ सय कायम भएको छ ।

नेपालगन्जको ९ हजार ८ सय ५० बाट ६३ सय कायम गरिएको छ । पोखराको ५ हजारबाट ३७ सय रुपैयाँ कायम गरिएको छ । अन्य गन्तब्यको भने अधिकतम मूल्य यथावत राखिएको छ ।

यो दर लामो दूरीका सवारी साधन सञ्चालनमा नआएसम्मका लागि कायम रहने कमपनीले जनाएको छ । घटेको भाडादर १० चैतबाट २१ चैतसम्म कायम रहने भएको छ ।

आन्तरिक उडानतर्फ नेपालका तीन वटै ठूला एयरलाइन्सले भाडा घटाएका छन् । यति एयरलाइन्सले समेत भद्रपुर, बिराटनगर, भैरहवा, नेपालगन्ज र पोखराको लागि निर्धारित टिकटको माथिल्लो दर घटाएको छ ।

यसअघि बुद्ध एयरले आइतबार र श्री एयरलाइन्सले शनिबारनै अधिकतम् मूल्य घटाउने निर्णय गरेका थिए । संकटकालिन अवस्थामा वायुसेवा कम्पनीले अधिकतम् भाडा लिएपछि कम्पनीहरु व्यापक आलोचना भएको थियो । त्यसपछि शनिबार नै पर्यटन मन्त्री योगेश भट्टराईले भाडादर समायोजन गर्न सुझाव दिएका थिए  ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.