बैंकहरुलाई राष्ट्र बैंकको निर्देशनः बैंक बन्द नगर्नु, सकेसम्म न्युनतम कर्मचारीले काम गर्नु

  २०७६ चैत ९ गते १६:५७     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंकले विभिन्न बैंक तथा वित्तीय संस्थाहरु बन्द नगर्न निर्देशन दिएको छ । आइतबार एक सूचना सार्वजनिक गर्दै बैंकले सम्पूर्ण बैंकले सो कूरा निर्देशन दिएको हो । कोरोना भाइरस संक्रमणको जोखिमलाई न्यूनिकरण गर्न बैंक तथा वित्तीय संस्थाहरुले सकेसम्म न्यून कर्मचारीबाट सेवा प्रवाह गर्न बैंकले निर्देशन दिएके छ ।

बैंकले कर्मचारीलाई हुनसक्ने संक्रमण तथा संस्थाको विजिनेश कम्युनिटीलाई मध्यनजर गर्दै यथासंभव न्यूनतम कर्मचारीबाट सेवा सुचारु गर्न, यसका लागि रिमोट एक्सेस, वर्क फ्रम होम र सिफ्टवाइज वर्क लगायतका व्यवस्था अवलम्ब गर्न निर्देशन दिएकाे हाे ।

बैंक तथा वित्तीय संस्थाहरुलाई सेवाग्राहीहरुको भीडभाड नहुने सुनिश्चतताका साथ सेवा प्रवाह गर्ने व्यवस्था मिलाउन पनि भनिएको छ।  बैंकिङ सेवा प्रवाहमा प्रत्यक्ष सम्पर्कमा रहने जनशक्ति तथा सेवाग्राहीको स्वास्थ्य सुरक्षा तथा संक्रमणको संभावनालाई न्यूनिकरण गर्न आवश्यक स्वास्थ्य सुरक्षाका न्यूनतम उपायहरु अनिवार्य रुपमा अवलम्बन गर्न पनि भनिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.