श्रममन्त्रालयले गर्याे कोरोना संक्रमण व्यवस्थापन समिति गठन

  २०७६ चैत ९ गते १४:३७     विकासन्युज

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले कोरोना संक्रमणबाट उत्पन्न विपद् व्यवस्थापन समिति गठन गरेको छ । वैदेशिक रोजगार विभागका महानिर्देशक कुमार दाहालको संयोजकत्वमा उक्त गठन भएको हो ।

वैदेशिक रोजगारीमा सिर्जना हुने भैपरि आउने विषय समस्या कसरी व्यवस्थापन गर्ने भन्ने विषय छलफल भइरहको वैदेशिक रोजगार व्यवसायी संघको महासचिव सुजित श्रेष्ठले जानकारी दिए ।

विभागका महानिर्देशक दाहालको संयोजकत्वमा विपद् व्यवस्थापन समितिको पहिलो बैंठक भइरहेको महसचिव श्रेष्ठले बताए ।

उनले भने ‘वैदेशिक रोजगारीमा रहेका नेपालीको समस्या तथा समाधानका लागि सो मुलुकका सम्बन्धि निकायसँग समन्वय भइरहेको छ ।’ वैदेशिक रोजगारीमा रहेका मानिसहरु फर्किने अवस्था वैदेशिक रोजगार व्यवसायी, सरकार तथा ले के गर्न सकिन्छ भन्ने विषयमा केन्द्रित भएर कुरा छलफल हुने जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.