युएई रहेका नेपालीलाई नआत्तिन राजदूतावासले गर्याे अनुराेध

  २०७६ चैत ९ गते १२:५६     विकासन्युज

युएई । संयुक्त अरब इमिरेट्स (युएई) को लागि नेपाली राजदूतवासले सम्पूर्ण नेपालीलाई नआत्तिन आग्रह गरेका छन् । युएईमा कार्यरत रहेका नेपालीहरुलाई सामूहिक रुपमा फर्काइन सक्ने भन्ने समाचारलाई ध्यानमा राख्दै त्यो सारा समाचारले भ्रम फैलाएको भन्दै दूतावासले सूचना प्रकाशन गरेको छ ।

युएईमा कोरोना भाइरसको प्रभाव तुलनात्मक रुपमा कम देखिएसँगै युएई सरकारले चालेका नीति तथा कार्यक्रमको प्रभाव देखिएको जानकारी दिएको छ । युएईमा रहेका नेपालीको हित र सुरक्षाका लागि राजदूतावास युएई सरकारका सम्बन्धित निकायहरुसँग निरन्तर सम्पर्कमा रहेको राजदूत कृष्णप्रसाद ढकालले जानकारी दिए ।

‘हामीले आवश्यक सहयोग र सद्धाव पाएका छौं, सबैसँग सम्पर्कमा नियमित रुपमा हुन्छ’ उनले भने । यहाँ रहेका सम्पूर्ण नेपालीलाई सामुहिक रुपमा नेपाल फर्काउने भन्ने गलत प्रचार दूतावासको ध्यान केन्द्रित जानकारी दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.