बैंकको व्याज र करको समयावधि तीन महिना थप्न वालिङ उद्योग वाणिज्य संघको आग्रह

  २०७६ चैत ८ गते २०:२३     विकासन्युज

काठमाडौं । वालिङ उद्योग वाणिज्य संघले बैंकको व्याज र करको समयावधि तीन महिना थप्न आग्रह गरेको छ । संघले शुक्रबार एक विज्ञप्ती सार्वजनिक गर्दै व्यवसायी तथा उद्योगीले तिर्नु पर्ने बैंकको व्याज र करको सामयावधि  तीन महिना थप गर्न आग्रह गरेको हो ।

संघले चैत मसान्तसम्म तिर्नु पर्ने करको समावधि तीन महिना बढाउन स्थानिय सरकार, प्रदेश र संघलाई आग्रह गरेको हो । विश्वभर फैलिरहेको कोरोना भाइरसको कारण व्यवसायीहरु संकटमा परेको बताउँदै संघले बैंकलाई तिर्नु पर्ने ऋणको समावधि तीन महिना थप गर्न उल्लेख गरिएको छ ।

यस्तै संघले विद्युत महसुलको न्युनतम शुल्क मिनाह गर्न विज्ञप्तीमार्फत उल्लेख गरेको छ । संघले यो संकटको समयमा बजारमा हुने कृतिम अभावलाई नियन्त्रण तथा रोक्नका लागि सबैलाई अनुरोध गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.