त्रिभुवन विश्वविद्यालयकाे रेक्टरमा डा.भूसाल नियुक्त

  २०७६ चैत ८ गते १९:३१     विकासन्युज

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले त्रिविकाे शिक्षाध्यक्ष (रेक्टर)मा डा. शिवलाल भुसाललाई नियुक्त गरेकाे छ  । तीन वर्ष अगाडिदेखि त्रिभुवन विश्वविद्यालयमा नै डीनको रुपमा कार्यरत डा.भूसाल गत पुस महिनादेखि निमित्त शिक्षाध्यक्षको रुपमा रहेका थिए ।

प्रधानमन्त्री एवं त्रिभुवन विश्वविद्यालयका कुलपतिसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले डा. भूसाललाई सो पदमा नियुक्त गरेको त्रिविले जनाएको छ । अर्थशास्त्रमा विद्यावारधी गरेका भुसाल लामो समय पाल्पाको त्रिभुवन क्याम्पसमा अध्यापन गरेका थिए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.