साताको शेयर : कोरोनाकाे प्रभाव परे पनि आठ अर्बको कारोवार, अर्काे सातादेखि बजार बन्द

  २०७६ चैत ८ गते १६:३३     विकासन्युज

काठमाडौं । कोरोना भाइरसको त्रासले शेयर बजारसमेत प्रभावित भएको छ । सोही कारण नेप्सेमा चरम उतारचढावसमेत देखा परेका छन् । यस साता लगानीकर्तामा पनि एक प्रकारको नकारात्मक अवस्था देखा पर्यो ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार साताभर कूल १७४ कम्पनीका कूल दुई करोड २७ लाख १९ हजार १ सय २२ कित्ता शेयर रुपैयाँ ८ करोड २६ लाख ९५ लाख दुई हजार ७ सय ११ बराबरको कारोवार भएकाे थियाे ।

त्यस्तै अर्काे सातादेखि अर्थात आइतवारदेखि सेयर बजार बन्द हुने भएकाे छ । प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार साँझ देशवासीको नाममा सम्बोधन गर्दै सो दिनदेखि चैत २१ गतेसम्म अत्यावश्यक सेवा बाहेकका अन्य सबै सेवाहरु बन्द हुने बताएका हुन् ।

साताको पहिलो दिन नेप्से परिसूचकमा भारी गिरावट देखा पर्यो । शेयर कारोवारमा सहजता ल्याउन भन्दै नेपाल धितोपत्र बोर्डको निर्देशनमा नेपाल स्टक एक्सचेञ्जले कारोवार समय थप गरेर ४ बजेसम्म पु¥याएको भए पनि बजारमा उत्साह देखिन सकेन । त्यस दिन नेप्से परिसूचक ६४.१४ अङ्कले घटेर एक हजार ३१३.०४ मा पुग्यो । कूल १७४ कम्पनीका ५५ लाख ७० हजार ३० कित्ता शेयर दुई अर्ब १० करोड १४ लाख १७ हजार २ सय ९२ रुपैयाँमा खरिद बिक्री भए ।

सोमबार नेप्से परिसूचक झिनो अङ्कले वृद्धि भयो । त्यस दिन नेप्से ३.३५ ले वृद्धि भई एक हजार ३१६.३९ मा पुग्यो । कूल १६० कम्पनीको ४१ लाख ९१ हजार ४ सय १५ कित्ता शेयर रु एक अर्ब ६१ करोड ५३ लाख ४१ हजार ८ सय ७७ मूल्यमा खरिद बिक्री भए ।

मङ्गलबार नेप्से परिसूचक भारी अङ्कले ओरालो लाग्यो । त्यस दिन नेप्से परिसूचक ४४।३३ अङ्कले घटेर एक हजार २७२।०६ मा पुग्यो । घटेको बजारमा कारोवार रकम भने झण्डै डेढ अर्ब बराबर भएको छ । कूल १७५ कम्पनीको ४३ लाख ६७ हजार ७ सय ७५ कित्ता शेयर एक अर्ब ४६ करोड ५१ लाख ८४ हजार ६५६ मूल्यमा खरिद बिक्री भए ।

बुधबार पनि नेप्से परिसूचक ओरालो लाग्नेक्रम रोकिएन । त्यसदिन नेप्सेमा १६.२६ अङ्कले गिरावट भयो । आज कूल १७२ कम्पनीको ३४ लाख ८३ हजार २२१ कित्ता शेयर रु एक अर्ब १८ करोड ४४ लाख १६ हजार ८ सय ७८ मा खरिद बिक्री भए ।

साताको अन्तिम दिन बिहीबार नेप्सेमा सामान्य सुधार देखापर्यो । त्यस दिन नेप्सेमा १३.५० ले वृद्धि भई एक हजार २६९.३० मा पुग्यो । नेप्सेको उकालो यात्रासँगै कारोवार रकमसमेत बढेर झण्डै रु दुई अर्बको हाराहारीमा पुग्यो । कूल १७३ कम्पनीको ५१ लाख छ हजार ६ सय ८१ कित्ता शेयर एक अर्ब ९० करोड ३१ लाख ४२ हजार आठ बराबरको कारोवार भयो ।

चार कम्पनीको शेयर सूचीकृत

साताभर बजारमा विभिन्न चार कम्पनीका कूल ६९ लाख २४ हजार ३ सय १२ कित्ता शेयर सूचीकृत भए । त्यसमा कृषि विकास बैंकको कूल ५४ लाख नौ हजार ३ सय १७ कित्ता शेयर लाभांश, गणपति माइक्रोफाइनान्सको ७२ हजार ४ सय ५० कित्ता शेयर लाभांश, आइसिएफसी फाइनान्सको चार लाख ४३ हजार २ सय ९६ कित्ता शेयर लाभांश र आरएमडिसी लघुवित्तको कूल नौ लाख ९९ हजार २ सय ४८ कित्ता शेयर लाभांश सूचीकृत भएको छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.