५०% तलब दिएर कर्मचारीलाई छुट्टी दिने महालक्ष्मीको निर्णय, संकटमा मिलेर कम्पनी बचाउने संकल्प

  २०७६ चैत ८ गते १५:३१     विकासन्युज

 

काठमाडौं । महालक्ष्मी लाईफ इन्स्योरेन्स कम्पनीले कोरोना महामारीको बेलामा कसरी कम्पनी व्यवस्थापन गर्ने भन्ने बारेमा ११ बुँदे निर्णय गरेको छ । त्यसमा पालैपालो गरी आधा कर्मचारीलाई विदा दिने निर्णय भएको छ । कम्पनीको नियम अनुसार पाउने बिदाभन्दा बढी विदामा बस्नु पर्नेलाई ५० प्रतिशत तलब भुक्तानी गर्ने निर्णय भएको कम्पनीको प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराईले बताएका छन् ।

‘देश र जनता अहिले अन्तराष्ट्रिय संकटबाट गुज्रिरहेका छन् । उचित ब्यवस्थापन नगर्दा कम्पनी डुब्न सक्छन । तपाईं हाम्रो जागिर जान सक्छ । देश ठूलै संकटमा फस्न सक्छ’ भट्टराईले फेसबुक स्ट्याटसमा लेखेका छन्–यस्तोमा आफू पनि बाच्ने, अरुलाई पनि बचाउने, कम्पनी पनि बचाउने अनि देशलाई पनि सहज हुने गरि कार्य गर्नुमा नै हामी सबैको भलाई छ ।

कोरोना भाईरसबाट संसार नै पीडित छ । नेपाल सरकारले पनि संभावित भयावह स्थितिको अनुमान गरि अत्यावश्यक बाहेक सबै सेवाहरु चैत्र ९ देखि २१ गतेसम्म बन्द गरेको छ ।

तर सरकारले बीमा कारोबारलाई अत्यावश्यक सेवामा राखेको छ । त्यसैले यो सेवालाई निरन्तरता दिनु र कोरोनाबाट बच्नु पनि जरुरी भएकोले उपयुक्त निर्णयहरु लिएको उनले जानकारी दिए ।

‘मानिसको जीवनमा भविष्यमा आईपर्ने जोखिम कै लागि बीमा गर्नु पर्ने भएकोले यो संकटको घडीमा भागेर हिड्नु पनि भएन । यस्तो बेलामा सुरक्षित पनि हुने र बीमा कारोबारको उचित व्यवस्थापन गर्नु बुद्धिमानि हुने ठानेका छौं’ भट्टराईले भने ।

उनका अनुसार शनिवार बसेको बैठकले ११ बुँदे निर्णय गरेको छ । उक्त निर्णयहरु भट्टराईले फेसबुकबाट सार्वजनिक गरेका छन् ।

कार्यलय सञ्चालन विधि र विदाका बारेमा कम्पनीले लिएको निर्णयहरु यस्ता छन् ।

१) कार्यालका कर्मचारि सबैको दैनिक ज्वरो मापन गर्ने, मास्क लगाउन लगाउने,सेनिटाईजर प्रयोग गराउने र १÷१ घण्टामा साबुन पानीले हात धुन लगाउने ।

२) कार्यालयका कर्मचारिलाई १/१ घण्टामा तातो पानी, चिया, कफि उपलब्ध गराउने ।

३) कार्यालयमा भेटन सेवाग्राही र ग्राहक आउदा भेटने एउटा छुट्टै कोठाको ब्यवस्था गर्ने र ३ फिटको दुरिराखि भेट बार्ता गर्ने । अन्य कोठा कोठामा जान नदिने ।

४) आउने ग्राहक र सेवाग्राहीलाई गेटमा नै ज्वरो नापीमास्क लगाई सेनिटाईजर लगाएर मात्र गेट भित्र आउन दिने ।

५) बिमा कार्यालयमा एकै ठाउमा ५ जना भन्दा बढि ग्राहकसंग छलफल वा भेटघाट नगर्ने ।

६) शाखा वा क्षेत्रिय कार्यालयमा दैनिक अत्यावश्यक कामको लागि आलोपालो गरि २ जना मात्र दैनिक उपस्थित हुने । सो भन्दा बढिलाई अनिवार्य बिदा बस्न लगाउने ।

७) प्रधान कार्यालयमा प्रत्येक विभागमा अधिकृत एक जना र सहायक एक जना गरि दुई जना मात्र उपस्थित गराई दैनिक आई पर्ने सेवा दिने र बाँकी कर्मचारी लाई बिदा दिने ।

८) प्रमुख कार्यकारी अधिकृत र नायब प्रमुख कार्यकारी अधिकृत पनि आलो पालो गरि आउने र बिदा बस्ने ।

९) अनिवार्य दिदा लिँदा सार्बजनिक सवारीमा आउने र टाढा घर भएका कर्मचारिलाई प्राथमिकतामा राखि बिदा दिने ।

१०) बिदा दिदा सबैलाई पहिले संचित बिदाबाट कट्टि हुने गरि दिने, त्यो नहुने स्थायीलाई एडभान्स बिदा दिने र त्यो पनि नहुनेलाई बोर्डबाट पास गरि ५० प्रतिशत मात्र पाउने पेड लिभ दिने ।

११) बिदा आलो पालो गर्दा कोरोना भाईरसको स्थिति हेरि १/१ दिन, ३/३ दिन वा ५/५ दिनको लगातार हुने गरि दिने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.