एनआईसी एशियाका डिजिटल बैंकिङ्गका सेवा निःशुल्क

  २०७६ चैत ८ गते १३:२५     विकासन्युज

काठमाडौं । एनआईसी एशिया बैंकले डिजिटल बैंकिङ्गका तथा अन्य विभिन्न सेवाहरू निःशुल्क प्रदान गर्ने भएको छ । कोरोना भाइरस (कोभिड -१९) महामारीको जोखिम न्यूनिकरणका लागि नेपाल सरकारले गरेको रोकथाम तथा नियन्त्रणको प्रयासलाई टेवा पुर्याउने उद्देश्यले एनआईसी एशिया बैंकले इन्टरनेट तथा मोबाइल बैंकिङ्ग लगायतका विद्युतिय माध्यमबाट गरिने सबै सेवाहरू निःशुल्क गरेको छ ।

विश्वभरि नै तिब्र रुपमा फैलिरहेको यस भाइरसको जोखिम कम गर्न अहिले विभिन्न देशहरुले युद्धस्तरमा अनेक सावधानीका उपायहरु अपनाएका छन् । एक व्यक्तिबाट अर्काेमा सजिलै सर्न सक्ने हुनाले भीडभाडमा नजान तथा सबैलाई सजग रहन सरकारले सुझाव दिएको छ ।

कोरोना भाइरसको संक्रमणको जोखिम कम गर्न नोट कारोबारको सट्टा कार्ड तथा विद्युतिय कारोबारको माध्यम प्रयोग गर्न वान्छनिय हुन्छ । डिजिटल बैंकिङ्गको समयमा नविनतम प्रविधिद्वारा सेवा तथा सुविधा प्रदान गर्दै आईरहेका उक्त बैंकले स्वास्थ्य तथा सुविधालाई मध्येनजर गर्दै आफ्ना ग्राहकलाई घरमै बसेर अनलाईन खाता खोल्न मिल्ने सुविधा प्रदान गर्न बैंकले आग्रह गरेको छ ।

बैंकले ७ प्रकारका सेवालाई ध्यानमा राख्दै निशुल्क सबै ग्राहकलाई सेवा दिने निर्णय गरेको हो । मोबाईल बैंकिङ्ग सेवा, डेबिट कार्ड, इन्टरनेट बैंकिङ्ग, मिस्डकल बैंकिङ्ग, भाइबर बैंकिङ्ग, च्याटबट, आईभीआर सर्भिसभित्रका सम्पूर्ण सेवा बैंकले प्रदान गर्ने जानकारी दिएको छ ।

हाल देशभरी बैंकको ३ सय १९ शाखा कार्यालय, ४ सय ५९ एटिएम, १ सय ८ वटा एक्स्टेन्सन काउण्टर एवं ६१ वटा शाखारहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ । त्यस्तै बैंकको मुलुकभरी नै २१ लाखभन्दा बढी ग्राहक रहेका छन् ।

त्यस्तै बैंकले गत आर्थिक वर्षमा करिब ३ अर्ब १५ करोड रुपैयाँ भन्दा बढी राजश्व नेपाल सरकारलाई भुक्तानी गरिसकेको छ । वित्तीय समावेशिकरणका लागि मुगु, कालिकोट, बझाङ, रुकुम, जुम्ला, सल्यान जस्ता ३४ भन्दा बढी स्थानीय निकायमा शाखा विस्तार गरी सञ्चालन गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.