श्री एयरलाइन्सले भाडा घटायो, कहाँ जान कति ?

  २०७६ चैत ८ गते १२:२५     विकासन्युज

काठमाडौं । श्री एयरलाइन्सले शनिबारदेखि नयाँ भाडा ताेकेकाे छ । शनिबार नयाँ भाडादर सार्वजनिक गर्दै सरकारले तोकेको भन्दा कम भाडा दिएर यात्रुलाई सेवा दिने बताएको छ । विश्वभर काेराेना भाइरसकाे त्रासपछि काठमाडाैं छाड्नेकाे भिड छ । यसकाेबीचमै श्रीले नयाँ भाडादर ताेकेकाे हाे । श्री एयरलाइन्सले सरकारले केही दिनको लागि तोकेको दरभन्दा कम भाडा लिएर सेवा दिने दाबी गरेको हो ।

एयरलाइन्सका प्रवन्धक अनिल मानन्धरले कम्पनीले काठमाडौं आउने यात्रुको सख्या अति कम भएका कारण काठमाडौं आउने भन्दा बहिर जाने भाडा केही बढी भए पनि नेपाल सरकारले स्वीकृत गरेका भाडा दरको सीमा भित्रै बसी सेवा सुचारु गरिरहेको जानकारी दिए।

‘अहिले काठमाडौं छाड्ने यात्रुको सङ्ख्या बढेको छ, यस्तो बेला आन्तरिक एयरपोर्टमा यात्रुको चाप छ, जति टिकट विक्री हुँदै गयो, उत्ति टिकटको मूल्य अटोमेटिक बढ्ने गर्छ ,तर, श्रीले मेनुअल रुपमा टिकटको मूल्य घटाएको हो,’ उनले भने ।

अब काट्ने टिकटमा आगामी दुई दिन उल्लेखित भाडादर लागु हुने कम्पनीले जनाएको छ । शनिबार सार्वजनिक गरेकाे भाडादरमा भद्रपुरको भाडादर अधिकतम ७ हजार ४ सय रुपैयाँ छ । जबकि नयाँ भाडादर अनुसार यात्रुले भद्रपर उड्न ८ हजार ९६५ रुपौयाँ तिर्नुपर्छ । त्यसैगरी, सरकारले तोकेको काठमाडौंदेखि बिराटनगरसम्मको भाडा ७ हजार ४ सय ४० रुपैयाँ छ ।

तर, श्रीले अधिकतम ६ हजार १ सय रुपैयाँ लैजाने दाबी गरेको छ । जनकपुरको भाडा ४ हपार २ सय ४० रुपैयाँ छ । श्रीले अधिकतम ३ हजार ३ सय रुपैयाँमा लैजाने बताएको छ ।  सकारले सिमराको भाडा ३ हजार ८० रुपैयाँ तोकेकोमा श्रीले ३ हजारमा लैजाने बताएको छ । यसैगरी सरकारले काठमाडौं पोखराको भाडा ४ हजार ९ सय ७५ तोकेको भएपनि श्रीले अधिकतम ३ हजार ७ रुपैयाँमा पोखरा उडाउने भएको हो ।

त्यसैगरी भैरहवाको भाडा ६ हजार १०५ रुपैयाँ तोकेकोमा श्रीले अधिकतम ४ हजार ९ सय रुपैयाँ निर्धारण गरेको छ । त्यसैगरी, सरकारले नेपालगन्ज र धनगढीको भाडा क्रमशः ९ हजार ८ सय ५० र १२ हजार ४ सय ५० रुपैयाँ तोकेकोमा श्रीले अधिकतम ६ हजार २ सय र ७ हजार ९ सयमा यात्रुलाई लैजान लागेको उनकाे भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.