निगमले करारमा रहेका एकतिहाई कर्मचारीलाई बेतलवी बिदाई गर्ने

  २०७६ चैत ७ गते १८:१५     विकासन्युज

काठमाडाैं । नेपाल वायुसेवा निगमले करारमा रहेका एकतिहाइ कर्मचारीलाई बिदा दिने निर्णय गरेको छ । निगमले करार सेवामा रहेका एक तिहाइलाई बेतलबी बिदा दिने निर्णय गरेको हो।

करार सेवामा रहेका १ सय ५० एयर होस्टेस, १० विदेशी पाइलट र ५ नेपाली पाइलटलाई बेतलबी बिदा दिएको निगमले जानकारी दिएको छ । निगमकाअनुसार केहीलाई १० दिनको, केहीलाई २ साताको र केहीलाई अर्को सूचना जारी नभएसम्मका लागि बिदा दिइएको हो ।

यसैगरी, त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको व्यवस्थापन कार्यमा संलग्न करारका कर्मचारीलाई पनि निगमले बिदा दिएको छ । विमानस्थलको ग्राउन्ड ह्यान्डलिङको जिम्मेवारी निगमले लिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.