पुर्नबीमा कम्पनीकाे सेयर बाँडफाँड चैत १४ गते हुने, साढे तीन गुणा बढी माग

  २०७६ चैत ७ गते १८:३५     विकासन्युज

काठमाडौं । चरम आर्थिक संकटकाे बेलामा पनि राम्रा कम्पनीले सेयर निष्काशन गरेमा माग उच्च हुने देखिएकाे छ । काेराेना महामारीकाे बेलामा नेपाल पुनर्बीमा कम्पनीले साधारण सेयर (आईपीओ) निष्काशन गर्दा करिव साढे ३ गुणा बढी आवेदन परेको छ ।

नेपाल पुनर्बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत शंकर रायमाझीका अनुसार कम्पनीको आईपीओमा  सर्ब साधारणकाे उत्साहजनक सहभागिता रहेकाे बताए । निष्काशन गरिएकाे भन्दा बढी सेयरकाे माग भएकाेले शुक्रबार ५ बजेपछि आवेदन लिन बन्द गरिएकाे उनले बताए । 

सेयर निष्काशन तथा बिक्री प्रबन्धक रबीबी मर्चेन्ट बैकिङ लिमिटेडका प्रमुख कार्यकारी अधिकृत बद्री प्याकुरेलका अनुसार ५ अर्ब ५७ कराेड ४७ लाख ३५ हजार रूपैयाँ बराबरकाे सेयर माग भएकाे छ ।उक्त रकम मागकाे ३.४८ गुणा बढी हाे ।  सेयर माग गर्नेकाे संख्या ४ लाख ९ हजार ७२२ व्यक्ति तथा कम्पनी रहेका छन् ।

कम्पनीले चैत ४ गतेदेखि एक अर्ब ६० करोड रुपैयाँ बराबर अर्थात एक करोड ६० लाख कित्ता सेयर बिक्रीमा राखेको थियो । कम्पनीले जारी गरेको कूल सेयरमध्ये एक करोड ५१ लाख २६ हजार ५ सय कित्ता सेयर आम सर्वसाधारणमा बिक्रीमा राखिएको थियो ।

यस्तै, कूल आठ लाख कित्ता साधारण सेयर सामूहिक लगानी कोषका लागि बाँकी ७३ हजार ५ सय कित्ता कर्मचारीलाई सुरक्षित गरिएको छ । जसमा न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म आवेदन दिन पाउने व्यवस्था थियो ।

नियम अनुसार थाेरै माग गर्नेलाई प्राथमिकतामा राखेर सेयर बाँडफाँड हुने  रायमाझीले बताए । चैत १४ गते सेयर बाँडफाँड गर्ने तयारी भएकाे उनले बताए ।

कम्पनीको अधिकृत पुँजी १५ अर्ब, जारी पुँजी १० अर्ब र चुक्ता पुँजी आठ अर्ब ४० करोड रुपैयाँ रहेको छ । साधारण सेयर बिक्रीपश्चात् कम्पनीको कुल चुक्ता पुँजी १० अर्ब रुपैयाँ पुग्नेछ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.