सेतो मच्छिन्द्रनाथ रथयात्रा स्थगित

  २०७६ चैत ७ गते १४:०४     विकासन्युज

काठमाडौं । सेतो मच्छिन्द्रनाथ रथयात्रा स्थगित गरिएको छ । शुक्रबार बसको समितिको बैठकले रथयात्रा स्थगित गरेको बताइएको हो । विश्वभर फैलिरहेको कोरोना भाइरसको कारण रथयात्रा स्थगित गर्नु परेको सेतो मच्छिन्द्रनाथ रथयात्रा व्यवस्थापन समितिले बताएको छ ।

चैत्र १९ देखि बैशाख १ गते सम्म सेतो मच्छिन्द्रनाथको रथयात्रा भव्यतापूर्वक उल्लासमय बाताबरणमा सम्पन्न गर्नका लागि सबै आवश्यक तयारीका कामहरु भइरहेको बताएपनि बिचमै कोरोना कारण रथयात्रा स्थगित गर्नु परेका विज्ञप्तीमार्फत जनाएको छ ।

सेतो मच्छिन्द्रनाथ रथयात्रा व्यवस्थापन समितिको संयोजक एवम् काठमाडौं महानगरपालिका २५ वडाका अध्यक्ष निलकाजि शाक्यको अध्यक्षतामा गुठी संस्थानका अध्यक्ष मिनराज चौधरी, गुठी संस्थान काठमाडौं शाखाका प्रमुख हरीबहादुर सुवेदी, मच्छिन्द्रनाथका पुजारीहरु, विभिन्न क्लब संघसंस्था र सरोकारवालाहरुको उपस्थितिमा छलफल गरी यस वर्ष आवश्यक र अनिवार्य विधि विधान मुताबिकका पुजा मात्र गर्ने र रथयात्रा नगर्ने निर्णय गरिएको विज्ञप्तीमा उल्लेख गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.