चैत्र १९ गतेदेखि हेलिकप्टर सेवा बन्द, नाजायज माग राख्दै व्यवसायीहरू

  २०७६ चैत ६ गते २१:३६     विकासन्युज

काठमाडौं । बायुसेवा सञ्चालक संघ नेपालले अप्रिल १ देखि हेलिकप्टर सेवा बन्द गर्ने घोषणा गरेको छ । यात्रुहरु नभएको जनाउँदै यसअघि प्रतिवद्धता जनाएको उडान मात्र उडान गर्ने र सबै हेलिकप्टरहरु ग्राउण्डेट (भूमिस्थ) गरिने संघले जनाएको छ ।

त्यस्तै, कम्पनीको खर्च कम गर्न कम्पनी पुर्नसंरचना गर्ने र कर्मचारीहरु हटाउने कार्य चैत १८ गतेदेखि शुरु गर्ने संघले जनाएको छ । कोरोना भाइरसको कारण हवाई सेवा प्रदायक कम्पनीहरुलाई ठूलो क्षति भएको जनाउँदै हवाई कम्पनीहरुलाई भ्याट, आयकर, टीडीएस, बैंकको व्याज, बीमा शुल्क, ल्याण्डिङ शुल्क, पार्किङ, रात्री विसान शुल्कमा छुट दिनुपर्ने माग संघको छ ।

त्यस्तै, स्वदेशी तथा विदेशी बैंकबाट लिएको कर्जाको कम्तिमा एक वर्षको व्याज मिनाह गर्नुपर्ने, एक वर्षलाई कर्जाको किस्ता स्थगित गर्नुपर्ने, ऋण पुर्नतालिकीकरण गर्नुपर्ने जनाएको छ । चैत ६ गते बसेको संघको कार्यसमितिको बैठकले उक्त निर्णय गरेको प्रबक्ता याेगराज कँडेलले जानकारी दिए ।

संघकाे धेरै माग नाजायज भएकाे जानकारहरू बताउँछन् । काेराेनाकाे कारण हवाइ सेवा नराम्ररी प्रभावित भएता पनि सबै कर छुटदेखि बैंक व्याज र बीमा शुल्कमा छुट सम्भव नभएकाे उनीहरू बताँछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.