सेलपे सेवाले ल्यायो सामसङ ग्यालेक्सी एस२० जित्ने अफर, कसरी हुने सहभागी ?

  २०७६ चैत ६ गते १९:२१     विकासन्युज

काठमाडौं । भुक्तानी सेवा प्रदायक सेलकम प्रा. लि. को सेलपे सेवाले नयाँ योजना ‘२०२०-एस२० अफर’सुरु गरेको छ । यस योजना अन्तर्गत ग्राहकहरुले लक्की ड्र मार्फत कुनै एक भाग्यसाली विजेताले एउटा नयाँ सामसङ ग्यालेक्सी एस२० जित्नेछन् । यो योजना चैत ७ गते देखि चैत २७ गते सम्म लागु हुनेछ ।

यस योजनामा सेलपेका ग्राहकहरुले न्युनतम २० रुपैयाँको कुनै पनि कारोवार रिचार्ज, युटिलिटी पेमेन्ट, पीटुपी फण्ट ट्रान्सफर (मर्चेन्ट भुक्तानी बाहेक) गरे, लक्की ड्र को लागि एउटा कोड नं. पाउनेछन्, सो कोड नं. लक्की ड्र को लागि छनोट हुनेछ ।

सोही कोडहरुबाट लक्की ड्र मार्फत कुनै एक भाग्यसाली ग्राहकले एउटा नयाँ सामसङ ग्यालेक्सी एस२० जित्ने मौका पाउनेछन् । यसका कसाथै ७ जना भाग्यसाली ग्राहकहरुले हरेक हप्ता पेलेस, एड्रेस लङज र एक्स-एजबाट विभिन्न उपहारहरु पाउनेछन् ।

यो योजना नयाँ तथा पुराना दुबै ग्राहकहरुको लागि लागू हुनेछ । जसमा नयाँ ग्राहकहरुले सेलपे एप्प डाउनलोड गरेर आफ्नो बैंक खाता लिंक गरे पश्चात न्युनतम २० रुपैयाँको कुनै पनि कारोवार रिचार्ज, युटिलिटी पेमेन्ट, पीटुपी फण्ट ट्रान्सफर (मर्चेन्ट भुक्तानी बाहेक) को कारोबार गरी यस योजनामा सहभागी हुन पाउनेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.