लोक सेवाका सबै लिखित परीक्षा स्थगित

  २०७६ चैत ६ गते १४:२३     विकासन्युज

काठमाडौं । लोक सेवा आयोगले लिने लिखित परीक्षा स्थगित भएका छन् । आयोगले ८ चैतदेखि चैत मसान्तसम्मका सबै प्रकारका लिखित परीक्षा स्थगित गर्ने निर्णय गरेको हो ।

कोरोना भाइरस सन्त्रासको कारण सरकारले उच्च सतर्कता अपनाइरहेको समयमा लोक सेवाले पनि आफ्ना सबै प्रकारका लिखित परीक्षा रोक्ने निर्णय गरेको हो ।

आयोगले निजामती कर्मचारी, सुरक्षा निकाय र संगठिन संस्थाको कर्मचारी भर्नाको लागि लिखित परीक्षा लिने गर्छ । कोरोन सन्त्रासको कारण आयोगले सबै परीक्षा रोक्ने निर्णय गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.