कोरोना प्रभावित उद्योगको अध्ययन गर्दै सरकार, उद्योगी भन्छन्ः प्याकेज चाहिँन्छ

  २०७६ चैत ६ गते १३:०४     राजाराम न्यौपाने

काठमाडौं । सरकारले कोरोना भाइरसले उद्योग क्षेत्रमा पारेको प्रभावको अध्ययन गरिरहेको छ । विश्वभर फैलिरहेको कोरोना भाइरस (कोभिड १९) ले नेपाली उद्योग क्षेत्रमा पारेको असर बारे सरकारले उद्योग क्षेत्रमा अध्ययन गरिरहेको हो । काेराना प्रभावित  उद्योगीलाई कस्तो खालको प्याकेज दिने भनेर  सरकारले अध्ययन  गरिरहेकाे बताइएकाे छ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले उद्योगको क्षेत्रमा परेको प्रभावको अध्ययन भइरहेको जानकारी दिए । देशमा सरकारले कालोबजारी हटाउने र आपूर्ति सहज बनाउने काममा लागिरहेको पनि मन्त्री भट्टले जानकारी दिए ।

‘उद्योगीहरुले आएर हामीलाई राहत प्याकेज चाहियो भन्ने वितिकै राहत प्याकेज दिइहाल्नु पर्छ भन्ने छैन्, अर्थमन्त्रालय र राष्ट्र बैंकले अध्ययन गरिरहेको छ, अध्ययन पछिको प्रतिवेदनले नेपालको उद्योग कुन अवस्थामा छ र सरकारले कस्तो राहत प्याकेज दिनु पर्ने हो भन्ने जानकारी हुन्छ,’ मन्त्री भट्टले भने ।

विश्वभर नै कोरोनाको प्रभाव बढिरहेको छ । त्यसको प्रभाव नेपालमा पनि देखिएको छ । बजारमा बिचौलियाहरु सलबलाएका छन् सरकार कालोबजारी न्यूनिकरण गर्न लागिरहेको छ । याे संकटको समयमा जोखिम न्यूनीकरण तथा आपूर्ति सहजीकरणमा लाग्नुपर्ने निजी क्षेत्र भने कोरोना प्रभावित भन्दै सरकारसँग छुट, सुविधा तथा सहुलियत माग्न छलफल बढाइरहेका छन् ।

नेपालमा खासगरी उत्पादक मूलक क्षेत्र, होटेल,रेस्टुरेण्ट, एयरलाइन्स, सपिङ मल, अटोमोबाइल, सिनेमा हललगायत क्षेत्रमा कोरोनाको प्रभाव परेको निजी क्षेत्रका उद्यमीले बताएका छन । विश्वभर फैलिएको कोरोना भाइरसको महामारीबाट नेपालको आर्थिक क्षेत्रलाई पनि प्रभावित पारेकाले राहत प्याकेज अत्यावश्यक हुन गएको निजी क्षेत्रको भनाइ छ ।

कोरोना संक्रमणले आयात ठप्प रहेको, घरेलु ब्यवसाय पनि असर परेको र विभिन्न देशबाट आउने पर्यटकहरु बन्द भएकोले मन्दीको अबस्था देखिएकाले सरकारको राहत प्रदान गर्नुपर्ने उनीहरुकाे भनाइ छ । भुकम्प र नाकाबन्दीकोभन्दा विकराल अबस्था आउन सक्ने आँकलन निजी क्षेत्रको छ ।

उद्योग वाणिज्य महासंघका उपाध्यक्ष उमेशलाल श्रेष्ठले उद्योग सञ्चालमा नै कोरोना भाइरसले समस्या परेको बताए । ‘सरकारले देशमा उद्योगीहरुको बैंकको ऋणको व्याज र सावाको समय सारी उद्योग सञ्चालनको लागि सहज र सरल बनाउनु पर्ने उनकाे भनाइ छ ।

नेपाल चेम्बर अफ कर्मशको वरिष्ट उपाध्यक्ष राजेन्द्र मल्लले धेरै देशमा कोरोनाको सक्रण भइसकेकोले अब नेपालमा पनि कतिखेर कोरोना आउछ भन्ने थाहा नभएकाेले त्यसका लागि सरकारले तयारी गर्नु पर्ने बताए । ‘हामीले आफ्नो देशमा उत्पादन हुने वस्तुलाई प्रथामिकता दिनु पर्छ, व्यापारी र सरकार भएर देशको संकटलाई साम्य पर्ने काम गर्नु पर्छ,’ मल्लले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.