विश्वविद्यालयहरुका सबै परीक्षा स्थगित

  २०७६ चैत ५ गते १९:१७     विकासन्युज

काठमाडौं ।  त्रिभुवनलगायत सबै विश्वविद्यालयद्वारा सञ्चालन हुने सबै परीक्षाहरु स्थगित भएका छन् । नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले सरकारले त्रिभुवन विश्वविद्यालय लगायत सबै विश्वविद्यालयले संचालन गर्ने परीक्षा स्थगित गर्ने निर्णय गरिएकाे जानकारी दिए ।

विश्वभर फैलिरहेको कोरोना भाइरस ( कोभिड १९) को संक्रमण फैलिरहेको बेला सरकारले परीक्षा स्थगित गर्ने निर्णय गरेको उनले बताए । त्रिभुवन विश्वविद्यालयले स्नातकोत्तर तह पहिलो वर्षको परीक्षाको मिति चैत सात गतेदेखि तोकेको छ । त्यस्तै चैत ९ गतेबाटै एक वर्षे बीएडको परीक्षा तालिका सार्वजनिक भइसकेको छ ।

‘नेकपाले सरकारलाई एसईईसँगै चैतमा हुने विश्‍वविद्यालयका पनि सबै परीक्षा स्थगित गर्न सरकारलाई सुझाव दिएको छ, बुधबार बसेको नेकपा सचिवालय बैठकले परीक्षा स्थगित गर्न सरकारलाई सुझाव दिएको हो, बैठकपछि सरकारलेएसईईसँगै चैतमा हुने विश्‍वविद्यालयका सबै परीक्षा स्थगित गर्ने निर्णय गरेको हो,’ उनले भने ।

यसबारे औपचारिक निर्णय भने केहीबेरमा सम्बन्धित मन्त्रालयले जानकारी दिने उनकाे भनाइ छ । एलएलबी दोस्रो वर्षको परीक्षा चैत १४ गतेबाट सञ्चालन हुने तालिका यसअघि नै सार्वजनिक भइसकेको छ । चैत २७ गतेबाट अन्य तहको पनि परीक्षा सञ्चालनको तालिका तयार थियो । यस्तै, सरकारले एसईईको परीक्षा पनि स्थगित गर्ने निर्णय गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.