भोलिदेखि हुने भनिएको एसईई परीक्षा स्थगित

  २०७६ चैत ५ गते १८:४१     विकासन्युज

काठमाडौं । सरकारले भोलि(चैत ६ गते) देखि हुने भनिएको माध्यमिक शिक्षा परीक्षा (एसईई) स्थगित गरेको छ । विश्वभर फैलिरहेको कोरोना भाइरस(कोभिड १९) को संक्रमण र त्रास बढिरहेको बेला सरकारले एसईईको परीक्षा स्थगित गर्ने निर्णय गरेको हो ।

नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले सरकारले पूरक निर्णय गर्दै एसईई रोक्ने निर्णय भएको विकासन्यूजलाई जानकारी दिए । काेराेना भाइरस (कोभिड १९) काे रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समितिले एसईई परीक्षा स्थगित गर्ने निर्णय भएको बताएकाे  छ। अब परीक्षा कहिलेदेखि सञ्चालन हुने हाे भने निर्णय आएको छैन । सरकारका तर्फबाट भने यसबारे आधिकारिक निर्णय सार्वजनिक भएको छैन ।

यसअघि उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल नेतृत्वको कोरोना भाइरस रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले एसईई परीक्षा सञ्चालन गर्ने निर्णय सार्वजनिक गरेको थियो ।

राष्ट्रिय परिक्षा बोर्डले एसईई परीक्षा चैत ६ गतेदेखि तोकेको थियो । यसवर्ष देशभरबाट ४ लाख ८२ हजार विद्यार्थी एसईइमा परीक्षामा सहभागी हुँदैछन् । ग्रेडवृद्धि परीक्षातर्फ १७ हजार विद्यार्थीहरु सहभागी हुँदैछन् र बाँकी सबै नियमित तर्फ छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.