सिटिजन्स बैंकद्वारा विद्यालयलाई आर्थिक सहयोग

  २०७६ चैत ४ गते १८:१७     विकासन्युज

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलले मोहन्याल शाखाद्धारा मोहन्याल गाउँपालिका वडा नं. ४ खिमडी स्थित श्री भृकुटी माध्यमिक विद्यालयलाई एक लाख रुपैयाँ बराबरको आर्थिक सहयोग गरेको छ । बैंकले संस्थागत सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत विद्यालयका छात्रछात्राहरुको पठनपाठनमा मद्दत हुने हिसाबले उक्त सहयोग हस्तान्तरण गरेको हो ।

बैंकले मंगलबार एक कार्यक्रमकाबीच सो विद्यालयलाई उक्त सहयोग रकम हस्तान्तरण गरेको हो । विद्यार्थीको सर्वागिंण विकासमा शिक्षाले ठूलो भुमिका खेल्ने भएकोले गर्दा सो कुरालाई ध्यानमा राखी यस बैंकले यो सहयोग गरेको छ ।

नेपाल सरकारले अवलम्बन गरेको ’सुखी नेपाली सम्बृद्ध नेपाल’ को अवधारणालाई साकार पार्न यस किसिमको सहयोग फलदायी हुने विश्वास बैंकले लिएको छ । भविष्यमा पनि बैंकले संस्थागत सामाजिक उतर दायित्व कार्यक्रम अन्तर्गत सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिक आदि जस्ता क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउनका निम्ति विभिन्न कार्यक्रम संचालन गर्ने कुरा जानकारी गराएको छ ।

बैंकले हाल ९३ वटा शाखा, ९० वटा ए.टि.एम. र १०३ वटा शाखा रहित बैंकिङ्ग एकाईहरुबाट करिव पाँच लाख ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.