कुमारी बैंकको ग्राहकलाई हेरिटेज होटेलमा २५ प्रतिशतसम्म छुट

  २०७६ चैत ३ गते १९:०७     विकासन्युज

काठमाडौं । कुमारी बैंकका ग्राहकले हेरिटेज होटेल प्राइभेट लिमिटेडको सेवा सुविधामा २५ प्रतिशतसम्म छुट पाउने भएका छन् । सो सम्बन्धि दुई कम्पनीबीच सोमबार एक सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

यससँगै कुमारी बैंकका डेबिट÷क्रेडिट कार्डवाहकहरुले होटलका विशेष सेवाहरुमा विशेष छुट पाउने छन् । उनीहरुले उक्त होटेल बसाईमा रुम शुल्कमा २५ प्रतिशत, खानपानमा र स्पा सुविधाहरुमा १५ प्रतिशतसम्मको छुट पाउने छन् ।

बैंकले हाल १२४ शाखा सञ्जाल, १२२ एटिएम, २१ शाखारहित ईकाई तथा ६ एक्सटेनसन काउन्टरबाट अत्याधुनिक बैंकिङ्ग सुविधाहरु दिँदै आएको छ । साथै, बैंकले आगामी दिनहरुमा अझ सुलभदायी सहकार्यहरू गर्दै जाने प्रतिबद्धता जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.